भारतमा विषाक्त रक्सी सेवन गर्दा कम्तिमा ८ जनाको ज्यान गयो

वि.सं.२०७८ माघ २ आइतवार

काठमाडौं । माघ २ गते
विषाक्त रक्सी सेवन गर्दा भारतको बिहारमा कम्तिमा ८ जनाको ज्यान गएको छ । बिहारको नालन्दा जिल्लामा विषाक्त रक्सी सेवनबाट ८ जनाको मृत्यु भएको हो ।शनिबार प्रहरीले नालन्दामा अवैध रक्सी सेवनबाट ८ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मृतकहरू छोटी पलरी र पहार टल्लीका बासिन्दा रहेको प्रहरीको भनाइ छ ।
शुक्रबार काम गरेर घर फर्किएपछि सँगै रक्सी सेवन गरेका श्रमितको मृत्यु भएको हो ।बिहारमा सन् २०१६ को अप्रिलदेखि मदिरामाथि प्रतिबन्ध लगाइएको छ । तर शुक्रबार भएको घटना विगत ६ महिनाको अवधिमा भएको सातौं हो ।
उक्त अवधिमा विषाक्त रक्सी सेवनबाट ४० भन्दा बढीको ज्यान गइसकेको छ ।यसैबीच, मुख्यमन्त्री नीतीश कुमारको गृह जिल्ला नालन्दामा घरेलु रक्सी सेवनबाट मानिसहरूको मृत्यु भएपछि विपक्षी दलले कुमारको राजीनामा मागेको भारतीय समाचार माध्यमले जनाएका छन् ।बिहारको विपक्षी दल आरजेडीले विषाक्त रक्सी सेवनबाट मानिसको लगातार ज्यान गइरहेको भन्दै मुख्यमन्त्री कुमारले पदबाट राजीनामा दिनुपर्ने बताएको छ ।
प्रकाशित समय : ०७:०५ बजे