back

दुई दशक देखी बसेको सरकारी निवास आजबाट छाड्दै राहुल गान्धी

काठमाडौं, बैशाख ९ गते । मानहानि मुद्दामा दोषी ठहर भएपछि सांसदका लागि अयोग्य घोषित कांग्रेस नेता राहुल गान्धीले दुई दशक देखी बस्दै आएको सरकारी निवास आजबाट छाड्ने एका छन् । शुक्रबार आफ्नो सरकारी निवासबाट सबै सरसामान सारेका गान्धीले तुघलक लेन बंगलाको साँचो आज लोकसभा सचिवालयलाई हस्तान्तरण गर्नेछन् । साँचो हस्तान्तरण सँगै दुई दशक देखी बस्दै आएको घर आजबाट खाली हुँनेछ ।

एक चुनावी सभामा पूर्व कांग्रेस अध्यक्ष गान्धीले ‘सबै चोरहरुको नाम मोदी किन हुन्छ ?’ भन्ने अभिब्यक्तिलाई लिएर दुई वर्षको जेल सजाय सुनाइएको थियो। सांसदको रूपमा अयोग्य ठहरिएपछि उनलाई अप्रिल २२ सम्ममा परिसर खाली गर्न भनिएको थियो। पूर्व कांग्रेस अध्यक्षले अप्रिल १४ मा आफ्नो कार्यालय र केही व्यक्तिगत सामान बंगलाबाट सारेका थिए।

गान्धीले शुक्रबार साँझ बंगलाबाट आफ्ना बाँकी सामानहरू हटाएका थिए। यो बंगला उनलाई सांसदका रुपमा दिइएको थियो । उनीहरूको सामान बोकेको ट्रक भवनबाट निस्किएको देखियो। उनी झण्डै दुई दशकदेखि यही बंगलामा बस्दै आएका थिए ।आफ्नो कार्यालय परिवर्तन गरेपछि उनी आफ्नो आमा तथा कांग्रेस संसदीय दल अध्यक्ष सोनिया गान्धीसँग जनपथ निवासमा बस्न थालेका छन् ।


लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज

लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:४३

काठमाडौ, २५ जेष्ठ । लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने...

नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै

नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:३०

काठमाडौं, २५ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो...

युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, दोषारोपण गर्दै रुस–युक्रेन

युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, दोषारोपण गर्दै रुस–युक्रेन

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:२१

काठमाडौं, २५ जेठ । दक्षिणी युक्रेनमा ठूलो जलविद्युत बाँध काखोभका...

आजको तरकारी तथा फलफूलको मूल्य, खरबुजा प्रतिकेजी ४० रुपैयाँ

आजको तरकारी तथा फलफूलको मूल्य, खरबुजा प्रतिकेजी ४० रुपैयाँ

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:०९

काठमाडौ, २५ जेष्ठ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर, युरो १४१ रुपैँया बढी

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर, युरो १४१ रुपैँया बढी

वि.सं.२०८० जेठ २५ बिहीवार ०३:५७

काठमाडौं, २५ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी...

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

वि.सं.२०८० जेठ २५ बिहीवार ०३:४६

काठमाडौं, २५ जेठ । प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि...