back

 मुम्बई हमलाका अभियुक्त तहव्वुर राणालाई भारत सुपुर्दगी गर्ने अमेरिकी अदालतको अनुमति

काठमाडौं, ४ बैशाख । सन् २००८ को मुम्बई आतंकवादी हमलाको मुद्दामा जेल परेका तहव्वुर राणालाई अमेरिकी अदालतले भारत सुपुर्दगी गर्न अनुमति दिएको छ । क्यालिफोर्नियाको एक अदालतले बुधबार आफ्नो आदेशमा ६२ वर्षीय राणालाई सुपुर्दगी गर्न खोजेका अपराधमा सुपुर्दगी गर्न सकिने जनाएको छ । २६ नोभेम्बर २००८ मा भएको मुम्बई हमला पाकिस्तानमा रहेको लश्कर ए तैयब अतिवादीहरूले गराएको थियो।

राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले यी आक्रमणहरूमा पाकिस्तानी मूलका क्यानाडाली व्यापारी तहव्वुर राणाको भूमिकाबारे अनुसन्धान गरिरहेको छ। समाचार एजेन्सी पीटीआईका अनुसार राणालाई मुम्बई हमलामा उनको भूमिकाको लागि भारतले सुपुर्दगी गर्न अनुरोध गरेपछि अमेरिकामा पक्राउ गरिएको थियो।

अदालतको सुनुवाइका क्रममा अमेरिकी सरकारका वकिलहरूले ‘राणालाई आफ्नो बाल्यकालको साथी पाकिस्तानी–अमेरिकी डेभिड कोलम्यान हेडली लश्कर ए तैयबमा संलग्न रहेको भन्ने थाहा थियो र उनको गतिविधिका बारेमा जानकार भएर पनि उहेडलीलाई सहयोग गरि नै रहे, सहयोग गरेर उनलाई बचाउन खोजिरहे’ भन्ने तर्क गरेका थिए ।

मुम्बईमा भएको आतंकवादी हमलामा ६ अमेरिकीसहित कुल १६६ जनाको मृत्यु भएको थियो ।भारत र अमेरिकाबीच सुपुर्दगी सन्धि छ । न्यायाधीशले राणाको भारत सुपुर्दगी पूर्णतया सन्धिको क्षेत्राधिकारभित्र रहेको फैसला सुनाएका छन् ।


प्रधानमन्त्री दाहाल नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षी लेखीले गरिन् स्वागत

प्रधानमन्त्री दाहाल नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षी लेखीले गरिन् स्वागत

वि.सं.२०८० जेठ १७ बुधवार १०:४८

काठमाडौं, १७ जेठ । भारतको चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री...

नागरिकता विधेयक प्रमाणीकरण हुँनु स्वागतयोग्य, तर प्रक्रिया मिलेनः मनिष झा

नागरिकता विधेयक प्रमाणीकरण हुँनु स्वागतयोग्य, तर प्रक्रिया मिलेनः मनिष झा

वि.सं.२०८० जेठ १७ बुधवार १०:२७

काठमाडौं, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता (पहिलो...

एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक

वि.सं.२०८० जेठ १७ बुधवार १०:१४

काठमाडौं, १७ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले...

कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान

कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान

वि.सं.२०८० जेठ १७ बुधवार १०:००

विराटनगर, १७ जेठ । कोशी प्रदेश नामांकनको विरोधमा आन्दोलन चर्किरहेका...

२८ कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले राख्यो कालोसूचीमा

२८ कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले राख्यो कालोसूचीमा

वि.सं.२०८० जेठ १७ बुधवार ०९:१२

काठमाडौं, १७ जेठ । २८ निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई सार्वजनिक...

आयोजनाको मर्मतपछि मेलम्चीको पानी काठमाडौँ पठाइयो

आयोजनाको मर्मतपछि मेलम्चीको पानी काठमाडौँ पठाइयो

वि.सं.२०८० जेठ १७ बुधवार ०९:०२

काठमाडौं, १७ जेठ । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ...