back

चार महिनापछि भेटियो अभिनेता वेपत्ता जेफरसनको शव

काठमाडौं, १३ फागुन । चार महिनादेखि वेपत्ता ब्राजिलियन अभिनेता जेफरसन मचाडोको शव गाडिएको अवस्थामा भेटिएको छ । उनको शव रियो दी जेनेरियोस्थित एक घरबाहिर काठको बाकसमा भेटिएको हो ।जेफसनको पारिवारिक मित्र सिन्टिया हिल्सेंडेगरले जेफरसनको इन्स्टाग्राम पेजमा उनको निधनको पुष्टि गरेका छन् ।

‘यो निकै दुःखको कुरा हो कि जेफ २०२३ मे ५ मा मृत भेटिएका छन्’, सिन्टियाले लेखेकी छन् । प्रहरीका अनुसार ४४ वर्षे अभिनेताको शव सिक्रीले बाँधिएको थियो र एक काठको बाकसमा प्याक गरिएको थियो । जुन बाकस सिमेन्टले ढाकिएको थियो । बाकसलाई जमिनबाट ६ फिट तल गाडिएको थियो ।

जेफरसनका पारिवारिक वकिल जाइरो मेगलहासले जेफरसनको दुवै हातलाई शिरको पछाडि बाँधेर ट्रङ्कमा बन्ध गरी घरको पछाडि गाडिएको अवस्थामा भेटिएको बताए । ‘उनको घाँटीमा एक दाग छ, त्यो दागले उनको घाटी थिचि मारिएको हुनसक्ने आशंका छ ।

उनको पहिचान फिंगरप्रिन्टले गरेका हौं’, वकिलले भनेका छन् । जेफरसनको परिवारले उनको हत्याको पछाडि उनको सफलताको जलन गर्नेले गरेको आरोप लगाएका छन् । ‘निश्चित रुपमा ऊ बेइमान मानिसको क्रूरताको शिकार भएको छ । यो बारेमा चाँडै नै खुलासा हुनेछ । आरजे टाउसिप प्रहरीले यो मामलामा निकै राम्रो काम गरेको छ’, परिवारले भनेको छ ।


युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, दोषारोपण गर्दै रुस–युक्रेन

युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, दोषारोपण गर्दै रुस–युक्रेन

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:२१

काठमाडौं, २५ जेठ । दक्षिणी युक्रेनमा ठूलो जलविद्युत बाँध काखोभका...

रुसी नियन्त्रणमा रहेको युक्रेनी भत्कियो बाँध, हजारौं बिस्थापित

रुसी नियन्त्रणमा रहेको युक्रेनी भत्कियो बाँध, हजारौं बिस्थापित

वि.सं.२०८० जेठ २४ बुधवार ०४:१३

काठमाडौ, २४ जेठ । रुसको नियन्त्रणमा रहेको युक्रेनी बाँध भत्किएको...

बाग्नर समुहको नियन्त्रणमा रुसी सेना कमाण्डर, समस्यामा पुटिन

बाग्नर समुहको नियन्त्रणमा रुसी सेना कमाण्डर, समस्यामा पुटिन

वि.सं.२०८० जेठ २३ मंगलवार ०६:२४

काठमाडौं, २३ जेठ । युक्रेनसँग चलिरहेको युद्धकोबीचमा रूसी सेना र...

क्यानाडामा गायक प्रकाश सपुतको सकम्बरी साँझ

क्यानाडामा गायक प्रकाश सपुतको सकम्बरी साँझ

वि.सं.२०८० जेठ २३ मंगलवार ०४:४२

काठमाडौ, २३ जेष्ठ । गायक प्रकाश सपुतले क्यानाडामा प्रस्तुती दिने...

अमेरिकी राष्ट्रपति निर्वाचनः ट्रम्पलाई टक्कर दिँदै पुर्व उपराष्ट्रपति चुनावी मैदानमा

अमेरिकी राष्ट्रपति निर्वाचनः ट्रम्पलाई टक्कर दिँदै पुर्व उपराष्ट्रपति चुनावी मैदानमा

वि.सं.२०८० जेठ २३ मंगलवार ०४:१९

काठमाडौ, २३ जेष्ठ । अमेरिकामा आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनका...

एप्पलले संसारकै सबैभन्दा पातलो म्याकबुक ल्यायो

एप्पलले संसारकै सबैभन्दा पातलो म्याकबुक ल्यायो

वि.सं.२०८० जेठ २३ मंगलवार ०३:५५

काठमाडौं, २३ जेठ । एप्पलले विश्वव्यापी विकासकर्ता सम्मेलनमार्फत पहिलो पटक...