करणले दिलाए नेपाललाई सफलता, अमेरिकाको चौथो विकेट पतन

वि.सं.२०८० असार ५ मंगलवार

काठमान्डौ । आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा अहिले नेपालले अमेरिकाको सामना गरिरहेको छ । अमेरिकाविरुद्ध नेपालले बलिङ गरिरहेको छ ।
जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा जारी खेलमा नेपालले चौथो विकेट हात पारेको छ । नेपालका लागि करण केशीले चौथो सफलता दिलाएका हुन् । हाल खेलको ९.१ ओभरमा अमेरिकाले ४ विकेट गुमाएर १८ रन जोडेको छ ।
प्रकाशित समय : ०८:४३ बजे