back

राहुल गान्धीकाे सांसद पद खाेसिएकाे मुद्दामा आज फैसला सुनाइदैँ

काठमाडौ, २२ असार । मोदी उपनाम मुद्दामा राहुल गान्धीको दुई वर्षको जेल सजाय यथावत रहने वा राहत पाउने भन्ने निर्णय आज शुक्रबार हुदैँछ । गुजरात उच्च अदालतले आज बिहान ११ बजे फैसला सुनाउन लागेको छ । गत २३ मार्च २०२३ मा सूरतको सत्र अदालतले राहुल गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको थियो । तर, यो फैसलाको २७ मिनेटपछि उनले जमानत पाएका थिए । त्यसको भोलिपल्ट २४ मार्च दिउँसो २ः३० बजे उनको सांसद पद गएको थियो ।

राहुलले उक्त निर्णयमा पुनर्विचार गर्न सुरत अदालतमा रिभ्यु पिटिशन दायर गरेका थिए तर अदालतले त्यसको सुनुवाइ गर्न अस्वीकार गरेको थियो। यसपछि राहुल गान्धीले २५ अप्रिलमा गुजरात हाईकोर्टमा रिभ्यु पिटिशन दायर गरेका थिए । त्यसपछि मइ २ मा उच्च अदालतले यस विषयमा फैसला सुरक्षित राखेको थियो । अब के हुन्छ, यो सर्बत्र चासोको बिषय बनेको छ । यदि राहुलले यस मामलामा राहत पाए भने उनको सांसद पद पुनर्स्थापित हुनेछ र उनी २०२४ को लोकसभा चुनाव लड्न सक्षम हुनेछन् । त्यसो भएन भने ८ वर्षसम्म चुनाव लड्न पाउँदैनन् ।

२०१९ मा राहुल गान्धीले कर्नाटकको विधानसभामा मोदी उपनामको बारेमा बयान दिए। उनले भनेका थिए, ुकिन सबै चोरको थर मोदी हुन्छ रुु यसपछि गुजरातका भाजपा विधायक पूर्णेश मोदीले राहुलविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए । सो मुद्दामा उनलाइ दोषी ठहर गरेको थियो ।


नेपाल मुस्लिम संघको तेस्रो केन्द्रीय महाधिवेशन आजबाट सुरु

नेपाल मुस्लिम संघको तेस्रो केन्द्रीय महाधिवेशन आजबाट सुरु

वि.सं.२०८० असोज ७ आइतवार ०४:३६

काठमाडौं, ७ असोज । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम...

रुसी विदेश मन्त्रीको आरोप, ‘जेलन्स्की संसारभरबाट हतियार मागिरहेका छन्

रुसी विदेश मन्त्रीको आरोप, ‘जेलन्स्की संसारभरबाट हतियार मागिरहेका छन्

वि.सं.२०८० असोज ७ आइतवार ०४:११

काठमाडौं, ७ असोज । रुस र युक्रेन विरुद्ध संघर्ष जारी...

विक्की कौशलको फिल्म ‘द ग्रेट इन्डियन फेमिली’ सुपर फ्लप

विक्की कौशलको फिल्म ‘द ग्रेट इन्डियन फेमिली’ सुपर फ्लप

वि.सं.२०८० असोज ७ आइतवार ०४:०३

  काठमाडौं, ७ असोज । विक्की कौशल स्टारर कमेडी ड्रामा...

बेइजिङ जाँदै प्रधानमन्त्री दाहाल, नेपाल–चीन व्यापार सम्मेलनलाई सम्बोधन गर्ने

बेइजिङ जाँदै प्रधानमन्त्री दाहाल, नेपाल–चीन व्यापार सम्मेलनलाई सम्बोधन गर्ने

वि.सं.२०८० असोज ७ आइतवार ०३:५०

काठमाडौं, ७ असोज । चीन भ्रमणमा क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल...

बोल्न नसक्ने बालिका बलात्कार गर्ने वृद्ध पक्राउ

बोल्न नसक्ने बालिका बलात्कार गर्ने वृद्ध पक्राउ

वि.सं.२०८० असोज ७ आइतवार ०३:४०

काठमाडौं, ७ असोज । बोल्न नसक्ने बालिकालाई जबरजस्ती करणी गरेको...

काँक्रो खानुका फाइदाः तौल घटाउनदेखि कब्जियत हटाउनसम्म

काँक्रो खानुका फाइदाः तौल घटाउनदेखि कब्जियत हटाउनसम्म

वि.सं.२०८० असोज ७ आइतवार ०३:३४

काठमाडौं, ७ असोज । गर्मीमा काँक्रो खाने हो भने तौल...