back

भारतको हिमाञ्चलमा पहिरो : ५० भन्दा बढीको मृत्यु

काठमाडौं, ३० साउन । भारतको हिमाचल प्रदेशमा वर्षाका कारण भएको भीषण विनाशका कारण ५० भन्दा बढीको मृत्यु भएको छ । जसमध्ये शिमला पहिरोका दुई घटनामा १४ जनाको मृत्यु भएको छ । वर्षाका कारण कतिपय ठाउँमा पहिरो खसेको छ, जसका कारण धेरै मुख्य सडकहरु बन्द भएका छन् भने कयौं घरहरु भत्किएका
छन् ।

मण्डीका उपायुक्त अरिन्दम चौधरीले जिल्लाका विभिन्न ठाउँमा वर्षाका कारण कम्तीमा १९ जनाको ज्यान गएको र धेरैको शव निकालिएको बताए । शिमलाको समर हिल क्षेत्रमा रहेको शिव मन्दिरको भग्नावशेषमा अझै धेरै मानिस पुरिएको आशंका छ । साउन महिना भएकाले दुर्घटना हुँदा मन्दिरमा भक्तजनको भीड लागेको थियो ।

शिमलामा दुई ठाउँमा पहिरो गएको र मन्दिर नजिकैको पहिरो तीमध्ये एउटा हो, शिमलामा भारी वर्षा भइरहेको अधिकारीहरूले बताएका छन् । मृतकको संख्या बढ्न सक्ने उनले बताए । शिमलाका प्रहरी उपरीक्षक (एसपी) सञ्जीव कुमार गान्धीले फागली क्षेत्रमा दोस्रो पहिरो गएको र त्यहाँको भग्नावशेषबाट पाँच जनाको शव निकालिएको र १७ जनालाई उद्धार गरिएको बताए।

शिमलामा पहिरोका दुई घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। मुख्यमन्त्री सुखविन्द सिंह सुखुले समर हिल क्षेत्रमा रहेको शिव मन्दिर र फागली क्षेत्रमा अर्को ठाउँमा पहिरो खसेको र भग्नावशेषबाट नौ जनाको शव निकालिएको बताए ।


गायिका मिलन नेवारको ‘आँखा सँग’मा समीक्षा र कमल

गायिका मिलन नेवारको ‘आँखा सँग’मा समीक्षा र कमल

वि.सं.२०८० असोज ९ मंगलवार ०८:५२

काठमाडौं  । गायिका मिलन नेवार र  गायक आनन्द कार्कीको आँखा...

पोल्याण्ड पठाईदिने भन्दै ठगि गर्ने मेनपावर सञ्चालक पक्राउ

पोल्याण्ड पठाईदिने भन्दै ठगि गर्ने मेनपावर सञ्चालक पक्राउ

वि.सं.२०८० असोज ९ मंगलवार ०६:१९

काठमाडौ, ९ असोज । पोल्याण्ड पठाईदिन्छु भन्दै १२ लाख कुम्ल्याएका...

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

वि.सं.२०८० असोज ९ मंगलवार ०५:५८

काठमाडौ, ९ असोज । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन...

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

वि.सं.२०८० असोज ९ मंगलवार ०५:१६

काठमाडौ, ९ असोज । एसियाडको जुडो खेलमा नेपालको यात्रा मंगलबार...

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

वि.सं.२०८० असोज ९ मंगलवार ०४:५५

काठमाडौ, ९ असोज । एनएलजी इन्स्याेरेन्स कम्पनीले हकप्रद सेयर निष्कासनका लागि...

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

वि.सं.२०८० असोज ९ मंगलवार ०४:४७

काठमाडौ, ९ असोज । सिटिजन्स बैंकले असोज १७ गतेदेखि ३ अर्ब...