back

स्वतन्त्रताका लागि १ हजार बर्ष जेल बस्न तयार छु :  इमरान खान

काठमाडौं, २ भदौ । पाकिस्तानका जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानले देशका लागि एक हजार वर्ष जेल बस्न तयार रहेको बताएका छन् ।तोशाखाना मुद्दामा दोषी पाइएपछि इमरान खानलाइ तीन वर्षको जेल सजाय सुनाइएको छ र हाल उनी पञ्जाब प्रान्तको अटक जेलमा थुनामा रहेका छन्।

पाकिस्तान तहरीक ए इन्साफका प्रमुखका कानुनी टोलीका सदस्य उमियार नियाजीले खानलाई एट्टक जेलमा भेटेपछि शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री ठीक र स्वस्थ रहेको ट्रिब्यून पत्रिकाले जनाएको छ। यद्यपि उनको दाह्री बढेको छ। उनलाई ऐना र सेभिङ किट दिइएको छ ।

नियाजीले ६ जनाको टोलीमध्ये आफूलाई मात्र इमरान खानसँग भेट्न अनुमति दिइएको दाबी गरेका छन् । पीटीआई प्रमुखसँगको भेटबारे कुरा गर्दा नियाजी निकै भावुक देखिएका छन् । उनले पत्रकारहरुलाई भने कि भेटमा इमरान खानले भने, “मलाई ९जेलमा० सुविधा नपाएकोमा कुनै चिन्ता छैन। मलाई १ हजार वर्ष जेलमा राखे पनि फरक पर्दैन। म यसको लागि तयार छु, किनकि स्वतन्त्रताको लागि बलिदान दिनु पर्छ।’

उल्लेखनीय कुरा के छ भने पूर्व प्रधानमन्त्रीमाथि देशभर १४० भन्दा बढी मुद्दा चलिरहेका छन्, जसमा उनीमाथि आतंकवाद, हिंसा, ईश्वरनिन्दा, भ्रष्टाचार र हत्याको आरोप छ। सोही सिलसिलामा तोशाखाना मुद्दामा दोषी ठहरिए पछि इस्लामावादको ट्रायल कोर्टले उनलाई ३ वर्षको जेल सजाय सुनाएको छ । र, साथै अदालतले आगामी ५ वर्ष चुनाव लड्न नपाउने समेत जनाउँदै एक लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि लगाएको छ ।


टालटुल गरेर मुलुकको अर्थतन्त्र सम्हाल्न सकिदैँन : पूर्वअर्थमन्त्री पोडेल

टालटुल गरेर मुलुकको अर्थतन्त्र सम्हाल्न सकिदैँन : पूर्वअर्थमन्त्री पोडेल

वि.सं.२०८० असोज १६ मंगलवार ०८:३४

काठमाडौ, १६ असोज । मुलुकको अर्थतन्त्रको अवस्था चिन्ताजनक रहेको पूर्वअर्थमन्त्री...

अर्थतन्त्रमा देखिएका समस्याको पहिचान गरी त्यसको सुधार गर्न लाग्नुपर्छ : अर्थसचिव पुष्कर

अर्थतन्त्रमा देखिएका समस्याको पहिचान गरी त्यसको सुधार गर्न लाग्नुपर्छ : अर्थसचिव पुष्कर

वि.सं.२०८० असोज १६ मंगलवार ०७:२१

काठमाडौ, १६ असोज । हालको राजस्व नीति र परम्परमगत राजस्व...

एनआइसी एसिया क्यापिटललाई म्युचुअल फन्डको अनुमति

एनआइसी एसिया क्यापिटललाई म्युचुअल फन्डको अनुमति

वि.सं.२०८० असोज १६ मंगलवार ०७:०७

काठमाडौ, १६ असोज । एनआइसी एसिया क्यापिटले म्युचुअल फन्ड योजना...

कुमारी बैंकलाई ५ अर्ब रुपैयाँको ऋणपत्र बिक्री अनुमति

कुमारी बैंकलाई ५ अर्ब रुपैयाँको ऋणपत्र बिक्री अनुमति

वि.सं.२०८० असोज १६ मंगलवार ०६:४६

काठमाडौ, १६ असोज । कुमारी बैंकले ५ अर्ब रुपैयाँको ५०...

डलरको लोभमा मुलुकलाई धार्मिक द्वन्द्वतर्फ अग्रसर गराइदै छ : कमल थापा

डलरको लोभमा मुलुकलाई धार्मिक द्वन्द्वतर्फ अग्रसर गराइदै छ : कमल थापा

वि.सं.२०८० असोज १६ मंगलवार ०५:४३

काठमाडौं, १६ असोज । डलरको लोभमा मुलुकलाई धार्मिक द्वन्द्वतर्फ अग्रसर...

घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

वि.सं.२०८० असोज १६ मंगलवार ०५:२७

काठमाडौं, १६ असोज । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य...