back

१२ वटा उल्का पिण्डका टुक्रा जोडेर बनाइयो घडी

काठमाडौं, १४ असोज । आकाशबाट उल्का पीण्ड झर्नु सामान्य कुरा हो । तपाईले पनि यस्ता धेरै घटना देख्नु भएको होला । तर के तपाईलाई थाहा छ आकाशबाट खस्ने यी उल्का पिण्डलाई घडी बनाउन पनि प्रयोग गर्न सकिन्छ भनेर । आउनुहोस् हामी तपाईंलाई यो विशेष घडीको बारेमा बताउँछौं र यसको मूल्य कति छ भनेर पनि बताउँछौं।

लेस एटेलियर्स लुइस मोइनेट एक स्विस कम्पनी हो। यो विशेष घडी बनाउनको लागि विश्व परिचित छ। अहिले यो कम्पनीले केही यस्ता घडी बनाएको छ, जसको चर्चा विश्वभर छ । वास्तवमा यी घडीहरू बनाउन उल्का पिण्डका टुक्राहरू प्रयोग गरिएको छ।

यो घडी बनाउन १२ विभिन्न प्रकारका उल्कापिण्डका टुक्रा प्रयोग गरिएको छ । यी उल्कापिण्डहरू चन्द्रमा, मंगल ग्रह, उल्कापिण्ड र क्षुद्र ग्रहबाट पृथ्वीमा आएको र ल्याइएको टुक्राहरू राखेर बनाइएको बिज्ञहरूले बताएका छन् । यो घडीलाई कॉस्मोपोलिस नाम दिइएको छ।

सबै कर बाहेक यो घडीको मूल्य करिब ३।२ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ । जबकि, यसको मूल्य करसहित हुदाँ त्यो भन्दा उच्च हुन आउँछ। यो घडी बनाउनका लागि उल्का पिण्डसँगै १८ क्यारेटको गुलाब सुन प्रयोग गरिएको कम्पनीले जनाएको छ । यो घडी गिनिज बुक अफ वल्र्डमासमेत समावेश गरिए पछि थप चर्चामा आएको हो ।

उल्का पिण्डबाट केही बनाइएको यो पहिलो पटक भने होइन । यसअघि उल्का पिण्डबाट पनि अनौठो पर्स बनाइएको थियो । यो पर्स कोपर्नी नामको फ्रान्सेली ब्रान्ड कम्पनीले बनाएको हो । यो पर्सको मूल्य ३५ लाखभन्दा बढी छ । दुइ किलो तौल भएको यो पर्स सुन्दा जति विशेष छ, हेर्दा पनि उत्तिकै विशेष छ ।


गाजामा इजरायली आक्रमण विस्तार, मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुग्यो

गाजामा इजरायली आक्रमण विस्तार, मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुग्यो

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:३७

काठमाडौं । दक्षिणी गाजा पट्टीमा इजरायली सेनाले आक्रमण जारी राखेको...

नमस्ते पे मार्फत हवाइ टिकट काट्दा १ सय क्यासब्याक पाइने

नमस्ते पे मार्फत हवाइ टिकट काट्दा १ सय क्यासब्याक पाइने

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:२८

काठमाडौं । नमस्ते पे मार्फत हवाइ टिकट खरिद गर्दा १००...

पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:०५

काठमाडौं । पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले...

ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’, फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?

ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’, फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:००

काठमाडौं । ऋतिक रोशन र दीपिका पादुकोणको सबैभन्दा ठूलो एरियल...

प्यालेस्टाइनी अतिवादी समुह हमासले गर्यो इजरायलतर्फ रकेट प्रहार

प्यालेस्टाइनी अतिवादी समुह हमासले गर्यो इजरायलतर्फ रकेट प्रहार

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:५४

काठमाडौं । प्यालेस्टाइनी अतिवादी समुह हमासले इजरायलतर्फ रकेट प्रहार गरेको...

आजको विदेशी मुद्राको विनिमय दर : बढ्यो अमेरिकी डलरको भाउ

आजको विदेशी मुद्राको विनिमय दर : बढ्यो अमेरिकी डलरको भाउ

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:४८

काठमाडौं । आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय...