back

गाजाका अस्पतालमा हजारौं बिमारी, इजरायली चेतावनी रोक्नु पर्ने डब्लुएचओको माग

काठमाडौं, २७ असोज । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गाजाका अस्पतालहरूबाट गम्भीर घाइतेहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न असम्भव बताएको छ ।अलजजिराका अनुसार डब्ल्यूएचओले उत्तरी गाजाका अस्पतालहरूबाट सयौं गम्भीर घाइते बिरामीहरूलाई ज्यान जोखिममा नराखी बाहिर निकाल्न असम्भव रहेको बताएको हो । इजरायलले गाँजा भुमी छाडन भन्दै २४ घन्टे अल्टिमेटम दिए पछि डब्लुएचओले त्यहाँको स्वास्थ्य स्थीतिका बारेमा जानकारी दिएको हो ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले डब्ल्यूएचओलाई सूचित गर्‍यो कि गाजाको उत्तरमा रहेका दुई अस्पतालहरूले इजरायली सेनाहरूले भने अनुसार छाडने हो भने गम्भीर घाइते भएका वा जीवन समर्थनमा रहेका बिरामीहरूलाई सार्न प्रयास गरेमा उनीहरुको जीवन ‘तत्काल जोखिममा’ जानेछ ।

‘इजरायलले दिएको २४ घण्टाको अल्टिमेटम १.१ मिलियन प्यालेस्टिनीहरूलाई उत्तरी गाजा छाडन जे भनिएको छ, त्यो तत्काल रोक्नु पर्छ’ डब्ल्यूएचओले भन्यो, ‘एक सामूहिक निकासी विनाशकारी हुनेछ, अस्पतालमा रहेका सयौं बिरामी, स्वास्थ्यकर्मी र अन्य नागरिकहरूले अस्पताल छाडेर जाने स्थीति छैन, उनीहरुको ज्यान निकै जोखिममा पर्नेछ ।’

‘हजारौं बिरामी र घाइते र अन्य अवस्थाका अस्पतालहरूमा हेरचाह गरिरहेका छन्, त्यहाँ सयौं गम्भीर घाइते छन् र १०० भन्दा बढीलाई गम्भीर हेरचाह आवश्यक छ,’ डब्ल्यूएचओले एक विज्ञप्तिमा भनेको छ, ‘यी बिरामीहरूमध्ये सबैभन्दा गम्भिर बिरामी हुन्।’ उनीहरुलाई अस्पतालबाट लगेको खण्डमा उनीहरुको मृत्यु हुन सक्नेछ ।

‘इजरायलले दिएको समय सीमाले जटिल यातायात, क्षतिग्रस्त सडकहरू र सबै भन्दा मुख्य कुरा यातायातको समयमा सहयोगी हेरचाहको अभावले गाजाका अस्पतालहरूका बिरामीहरूलाई सार्न कठिनाई थप्छ,’ उसको भनाई छ ।

डब्ल्यूएचओले इजरायललाई गाजाको नाकाबन्दी हटाउन र घेरामा परेको प्यालेस्टिनी एन्क्लेभका अस्पतालहरूमा जीवन बचाउनका लागि चिकित्सा आपूर्तिको लागि तुरुन्तै ‘मानवीय कोरिडोर’ स्थापना गर्न आह्वान गरेको छ ।


नमस्ते पे मार्फत हवाइ टिकट काट्दा १ सय क्यासब्याक पाइने

नमस्ते पे मार्फत हवाइ टिकट काट्दा १ सय क्यासब्याक पाइने

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:२८

काठमाडौं । नमस्ते पे मार्फत हवाइ टिकट खरिद गर्दा १००...

पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:०५

काठमाडौं । पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले...

ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’, फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?

ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’, फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:००

काठमाडौं । ऋतिक रोशन र दीपिका पादुकोणको सबैभन्दा ठूलो एरियल...

प्यालेस्टाइनी अतिवादी समुह हमासले गर्यो इजरायलतर्फ रकेट प्रहार

प्यालेस्टाइनी अतिवादी समुह हमासले गर्यो इजरायलतर्फ रकेट प्रहार

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:५४

काठमाडौं । प्यालेस्टाइनी अतिवादी समुह हमासले इजरायलतर्फ रकेट प्रहार गरेको...

आजको विदेशी मुद्राको विनिमय दर : बढ्यो अमेरिकी डलरको भाउ

आजको विदेशी मुद्राको विनिमय दर : बढ्यो अमेरिकी डलरको भाउ

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:४८

काठमाडौं । आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय...

नेकपा एसको सचिवालय बैठक आज पनि बस्दै, यस्ता छन् मुख्य एजेन्डा

नेकपा एसको सचिवालय बैठक आज पनि बस्दै, यस्ता छन् मुख्य एजेन्डा

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:४४

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज पनि...