back

अमेरिकामा गर्भवती मोडेलको हत्या, शव फ्रिजमा भेटियो

काठमाडौं । अमेरिकाको लस एन्जलसमा एक गर्भवती मोडल मृत फेला परेकी छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार मृत्यु अघि उनलाई कुटपिट गरिएको थियो । पोस्टमार्टमका अनुसार ती महिला मोडल दुई महिनाकी गर्भवतीसमेत थिइन् ।

ती महिलाको नाम मलेसा मुनी रहेको प्रहरीले जनाएको छ । मुनीकी बहिनी जोर्डिन पाउलिनले स्थानीय समाचार केटिएलएलाई बताइन् कि उनकी बहिनीले सधैं आमा बन्ने सपना देखेकी थिइन् र उनको मृत्युको समयमा दुई महिनाको गर्भवती थिइन्।

विष विज्ञानको नतिजाले महिलाको शरीरमा बेन्जोइलेगोनिन ९एक कोकेन मेटाबोलाइट० साथै कोकाइथिलिन र इथानोलको मिश्रण भेटिएको न्यूयोर्क पोस्टले उल्लेख गरेको छ । उक्त समाचारमा भनिएको छ कि पोस्टमार्टमको समयमा शरीरमा चोटपटकको अवस्था हेर्दा यी ज्यान जोखिममा पर्ने चोटहरू थिएनन् भन्ने अनुमान गर्न सकिन्छ।

मुनी फेला परेको परिस्थितिले मृत्यु हुनु अघि उनी माथी कोही शारीरिक हिंसामा संलग्न भएको संकेत गरेको छ । समाचार अनुसार प्रहरीले मुनीको शव फ्रिजमा रगतले लतपतिएको अवस्थामा फेला पारेको थियो । उनको मुख बन्द थियो, हात खुट्टा बाँधिएको थियो। महिलाको घाँटी थिचेको पनि प्रमाण भेटिएको छ ।

मोडेल मुनीकी बहिनीले एक न्युज च्यानललाई भनिन्, ‘मेरी दिदीले त्यो समय कसरी गुजारेकी होलिन, जुन बेला उनी माथी हमला भएको थियो, म कल्पना पनि गर्न सक्दिनँ, यो सोचेर मात्रै पनि म अहिले पनि काँपिरहेको छु ।’

मुनीको फोन र म्याकबुकसँग जोडिएको आइक्लाउडमा अलर्ट रहेको प्रहरीले जनाएको छ। जसको मतलब उसको फोन अरू कसैले प्रयोग गरिरहेको थियो भन्ने देखिएको छ । त्यसैमा टेकेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।


ब्रम्हास्त्र–२ मा जोडिए रणवीर सिंह

ब्रम्हास्त्र–२ मा जोडिए रणवीर सिंह

वि.सं.२०८० मंसिर २३ शनिवार ०९:२०

काठमाडौं । रणवीर कपूर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्रः...

बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्नु हुँदैन : अध्यक्ष ओली

बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्नु हुँदैन : अध्यक्ष ओली

वि.सं.२०८० मंसिर २३ शनिवार ०८:५०

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई...

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात सुरु, बढ्यो चिसो

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात सुरु, बढ्यो चिसो

वि.सं.२०८० मंसिर २३ शनिवार ०७:४१

काठमाडौं । मौसममा बदली आएसँगै उच्च पहाडी भेगमा हिमपात सुरु...

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री दाहाल

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री दाहाल

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:४३

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री...

जर्मन वैज्ञानिक बनाए विशेष प्रजातिको गहुँ, अब बर्षमा ६ पटक काटन सकिने

जर्मन वैज्ञानिक बनाए विशेष प्रजातिको गहुँ, अब बर्षमा ६ पटक काटन सकिने

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:१३

काठमाडौं । गहुँ एक यस्तो अन्न हो, जुन धेरै चीजहरूमा...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता

वि.सं.२०८० मंसिर २३ शनिवार ०५:४१

काठमाडौं । भारतीय प्रधानमन्त्री मोदी देशमा मात्र नभई विश्वभर निकै...