back

अमेरिका भ्रमणमा चिनियाँ राष्ट्रपति, चीनले एक इन्च पनि अर्काको भुमी मिचेको छैन

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ अहिले अमेरिका भ्रमणमा छन् । उनले बुधबार (नोभेम्बर १५) मा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका थिए । दुई देशबीचको सम्बन्ध तनावपूर्ण अवस्थामा रहेका बेला यी दुई देशका प्रमुखबीच भेटवार्ता भएको हो । यसैबीच, चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार (नोभेम्बर १६) आफ्नो देशले कुनै पनि द्वन्द्व वा युद्ध भड्काएको वा विदेशी भूमिको एक इन्च पनि कब्जा नगरेको दाबी गरेका छन् ।

अहिले अमेरिकाको सान फ्रान्सिस्कोमा एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) समूहको बैठक चलिरहेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनको साईडलाइनमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको बहुप्रतिक्षित वार्ताको केही घण्टापछि विदेशी भूमिसँग सम्बन्धित भनाइ दिएका हुन्। सो क्रममा दुवै नेताले एक वर्षमा पहिलो पटक भेटेर तनाव कम गर्ने वाचा गरेका थिए ।

सी जिनपिङले जनवादी गणतन्त्र स्थापना भएको ७० वर्ष वा सोभन्दा बढी अवधिमा चीनले कुनै पनि द्वन्द्व वा युद्ध उक्साएको वा कुनै विदेशी भूमि कब्जा नगरेको दाबी गरे। तर, भेटका क्रममा बाइडेनले सिनजियाङ, तिब्बत र हङकङलगायत चीनमा भइरहेको मानवअधिकार उल्लङ्घनप्रति चिन्ता व्यक्त गरेका थिए ।

ह्वाइट हाउसको प्रतिवेदनका अनुसार राष्ट्रपति बाइडेनले मानवअधिकारको विश्वव्यापीता र अन्तर्राष्ट्रिय मानवअधिकार प्रतिबद्धताहरूको सम्मान गर्ने सबै देशहरूको दायित्वलाई जोड दिए। उनले सिनजियाङ, तिब्बत र हङकङलगायत पीआरसी मानवअधिकार उल्लङ्घनबारे चिन्ता व्यक्त गरे।

यो बैठक नोभेम्बर ११ देखि १७ सम्म चल्नेछ । यसमा सहभागी हुन धेरै देशका नेता अमेरिका पुगेका छन् । यस बैठकमा चीनको कडा व्यापार निगरानी र द्विपक्षीय तनावको चिन्तालाई ध्यानमा राखिएको छ।


ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’, फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?

ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’, फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:००

काठमाडौं । ऋतिक रोशन र दीपिका पादुकोणको सबैभन्दा ठूलो एरियल...

प्यालेस्टाइनी अतिवादी समुह हमासले गर्यो इजरायलतर्फ रकेट प्रहार

प्यालेस्टाइनी अतिवादी समुह हमासले गर्यो इजरायलतर्फ रकेट प्रहार

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:५४

काठमाडौं । प्यालेस्टाइनी अतिवादी समुह हमासले इजरायलतर्फ रकेट प्रहार गरेको...

आजको विदेशी मुद्राको विनिमय दर : बढ्यो अमेरिकी डलरको भाउ

आजको विदेशी मुद्राको विनिमय दर : बढ्यो अमेरिकी डलरको भाउ

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:४८

काठमाडौं । आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय...

नेकपा एसको सचिवालय बैठक आज पनि बस्दै, यस्ता छन् मुख्य एजेन्डा

नेकपा एसको सचिवालय बैठक आज पनि बस्दै, यस्ता छन् मुख्य एजेन्डा

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:४४

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज पनि...

भूकम्प प्रभावितलाई निर्माण व्यवसायी विकास परिषद्ले गर्यो ३० लाख सहयोग

भूकम्प प्रभावितलाई निर्माण व्यवसायी विकास परिषद्ले गर्यो ३० लाख सहयोग

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:३७

काठमाडौं । भूकम्प प्रभावितलाई निर्माण व्यवसायी विकास परिषद्ले ३० लाख...

यस्ता छन् योग तथा ध्यान गर्नुका फाईदाहरु

यस्ता छन् योग तथा ध्यान गर्नुका फाईदाहरु

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:३१

काठमाडौं । मोटोपनाको कारण भद्दा भएको शरीरलाई फिट बनाउनको लागि...