देशमा साम्प्रदायिक सद्भाव भत्काउनका लागि यसो गरिएको बंगलादेशका गृहमन्त्रीको भनाई

वि.सं.२०७८ कात्तिक १ सोमवार

काठमाडौं । कार्तिक १ गते
दुर्गा पूजा पण्डालहरूमा भएको आक्रमण पूर्व नियोजित भएको र त्यसको तयारी लामो समयदेखि गरिएको बंगलादेशका गृहमन्त्रीले बताएका छन् ।
देशमा साम्प्रदायिक सद्भाव भत्काउनका लागि यसो गरिएको उनको भनाइ छ । गृहमन्त्री अस्दुज्जमां खानले बताए, ‘एक समूहले निहित स्वार्थका साथ हिंसा चर्काएको हो । कोमिल्ला, रामु र नासिरनगरमा साम्प्रदायिक हिंसामार्फत देशलाई अस्थिर बनाउने कोशिश गरिएको हो ।
आफूहरूसँग बलियो प्रमाण् जम्मा भएपछि अपराधीहरूलाई कठोर सजाय दिने उनले बताएका छन् । बंगलादेशमा शुक्रवार कुरानको अपमान गरिएको भन्दै दुर्गा पूजा पण्डाल र हिन्दू मन्दिरहरूमा आक्रमण गरिएको थियो । इस्कोन मन्दिरमा तोडफोड पनि गरिएको थियो ।
प्रकाशित समय : ०६:०३ बजे