back

माटोले बनेको भाँडा प्रयोग गर्नुका फाईदाहरु ?

वास्तु शास्त्र अनुसार माटोले बनेको भाँडालाई सही ढङ्गले प्रयोग गरेमा भाग्य चम्किन पनि सक्छ भन्ने छ । वास्तु शास्त्रका जानकारहरूका अनुसार घरमा माटोले बनेको भाँडाकुँडा प्रयोग गरेमा त्यो घरमा शुभ समेत हुन्छ ।

यसको प्रयोगले घरमा भएको नकारात्मक ऊर्जाहरूलाई हटाएर सकारात्मक ऊर्जा बढाउन मद्दत समेत गर्छ ।

वास्तु शास्त्रमा माटोले बनेको ३ किसिमका बस्तुहरूको प्रयोग गर्ने विषयमा विशेष व्याख्या गरिएको छ । यस्ता भाँडाको प्रयोगले घरमा शुभ हुनुका साथै नयाँ अवसर पाउने प्रबल सम्भावना पनि रहेको हुन्छ ।

माटोको गाग्रो :

अहिले धेरैले माटोको गाग्रोको प्रयोग गर्न छोड्दै आइसके । स्वच्छ र चिसो पानी खानलाई प्रयोग हुने माटोको गाग्रोलाई फ्रिजले विस्थापित गरिसक्यो । आयुर्वेदमा पनि माटोको भाँडोमा राखेको पानी पिउनु स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिन्छ ।

माटोको गाग्रोमा पानी राख्नुलाई राम्रो मानिन्छ । अझ माटोको गाग्रोमा पानी भरेर उत्तर दिशामा राख्दा झनै राम्रो गर्छ । यसरी राख्दा माटोको गाग्रो कहिल्यै खाली हुनु दिनु हुँदैन, सधैँ भरेको अवस्थामा हुनुपर्छ । माटोको गाग्रोमा पानी राख्दा घरमा भएको नकारात्मक ऊर्जाहरू क्षीण हुँदै जान्छ ।

माटोको मूर्ति :

वास्तु शास्त्र अनुसार घरमा माटोले बनेको कुनै पनि देवी देवताको मूर्ति राख्नुलाई शुभ मानिन्छ । घरमा बनाइएको पूजा गर्ने स्थानमा माटोको देवी देवताको कुनै पनि मूर्तिलाई राख्नु पर्छ ।

यसरी मूर्ति राख्दा घरको उत्तर–पूर्व दिशा अर्थात् ईशान कोण वा दक्षिण–पश्चिम अर्थात् नैर्ऋत्य दिशामा राख्नुलाई राम्रो मानिन्छ । वास्तु शास्त्र अनुसार यसरी मूर्ति राखेर नियमित पूजा गर्ने हो भने माता लक्ष्मीको वास हुने र यसले सुख–समृद्धि ल्याउने गर्छ भन्ने छ ।

माटोको दियो :

अहिले पूजा आराधना कार्यमा प्रायजसो धातुबाट निर्माण भएको दियोको बढी प्रयोग हुने गरेको छ । वास्तु शास्त्र अनुसार माटोले बनेको दियो बालेर पूजा गर्नुलाई शुभ मानिन्छ । दियोको प्रकाशले घरमा सकारात्मक ऊर्जा प्रवाह गर्छ ।


गठबन्धन प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्म जान्छ –कांग्रेस वरिष्ठ नेता पौडेल

गठबन्धन प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्म जान्छ –कांग्रेस वरिष्ठ नेता पौडेल

वि.सं.२०७९ जेठ ९ सोमवार ०९:३८

काठमाडौं । जेठ ९ गते कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले...

कोन्ज्योसोममा वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरीलाई नि.शुल्क एम्बुलेन्स सेवा

कोन्ज्योसोममा वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरीलाई नि.शुल्क एम्बुलेन्स सेवा

वि.सं.२०७९ जेठ ९ सोमवार ०८:३५

काठमाडौं । जेठ ९ गते ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाको अध्यक्ष पदमा...

काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

वि.सं.२०७९ जेठ ९ सोमवार ०८:१६

काठमाडौं । जेठ ९ गते काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा...

बाराका १५ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते ?

बाराका १५ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते ?

वि.सं.२०७९ जेठ ९ सोमवार ०८:०२

काठमाडौं । जेठ ९ गते १६ वटा स्थानीय तह रहेको...

जिल्ला समन्वय समिति मुगुमा कांग्रेसको एकल बहुमत

जिल्ला समन्वय समिति मुगुमा कांग्रेसको एकल बहुमत

वि.सं.२०७९ जेठ ९ सोमवार ०७:५३

काठमाडौं । जेठ ९ गते जिल्ला समन्वय समिति गठनका लागि...

रौतहटका दुई नगर पालिका प्रमुखमा महिला निर्वाचित

रौतहटका दुई नगर पालिका प्रमुखमा महिला निर्वाचित

वि.सं.२०७९ जेठ ९ सोमवार ०७:११

काठमाडौं । जेठ ९ गते स्थानीय तह निर्वाचन २०७९ मा...