बुक्रलिन कलेजबाट वनभोज कार्यक्रम २०७९ आयोजना

वि.सं.२०७९ पुस ८ शुक्रवार

परीक्षार्थी विद्यार्थी (बेद कुमारी काफ्ले )
पुस ४ ,काठमाडौं
बुक्रलिन इन्टरनेशनल कलेजले विद्यार्थीहरुलाई नुवाकोट जिल्लाको ककनीमा वनभोज कार्यक्रम आयोजना गरेको थियो ।
बुक्रलिन कलेजले कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप अन्तरगत प्रतेक बर्ष भोज कार्यक्रम आयोजना गर्दै आएको छ ।
सोही कार्यक्रममा कलेजमा अध्यनरत विद्यार्थी १०० जना विद्यार्थी र संस्थाको केही कर्मचारी र शिक्षकशिक्षिकाहरुको पनि सहभागिता रहेको थियो ।
दिनभरी वनभोज कार्यक्रममा मिठोमिठो खानपानको साथ विद्यार्थीहरु आ-आफनो संस्कृतिक प्रस्तुति प्रर्दशन गर्दै रमाइलो गरेका थिए ।
साथीहरुसगँ नौलौ ठाउँ घुम्न पाउनुको साथसाथै यसै ठाउँमा आएर स्ट्रावेरी खेती अवलोकन र यो खेती सम्बन्धी केही ज्ञान पाएकोमा कक्षा १२ की कविता मगरले खुशी व्यत गरेको थियो ।
विद्यार्थीहरुलाई बौद्धिक शिक्षा मात्र नभएर व्यवहारिक ज्ञान दिने र मनोरञ्जन दिने उद्धेश्यले यस्ता अतिरिक्त क्रियाकलाप आयोजना गरिएको कलेजका प्रिन्सपल सुरेन्द्र लम्सालले बताउनुभएको थियो ।
प्रकाशित समय : ०९:०१ बजे