back

अहंकार र पदलोलुपता बाहेक नयाँ पार्टीको कुनै उद्धेश्य छैन भन्दै ओलीले यसरी लिए माधवको हुर्मत

नेकपा (एकीकृत समाजवादी) खोलेका माधव नेपालहरुले पार्टीमा हुँडलो मच्चाएर गएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन्।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहीबार बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधनका क्रममा ओलीले यस्तो बताएका हुन्। उनले केन्द्रदेखि पालिकासम्म एमालेको पकड रहेको अवस्थामा माधव नेपालहरुले हुँडलो मच्चाउँदा क्षति व्यहोर्नुपरेको पनि बताएका छन्।

‘केन्द्रदेखि पालिकाहरुमा हाम्रो बर्चस्व थियो। केही मानिसहरूका गैरजिम्मेवार र स्वार्थी प्रवृत्तिले बिगार्यो। उनीहरुले पार्टीमा हुँडलो मच्चाए’, ओलीले भने, ‘उनीहरुकै कारण आन्दोलन विभाजित भयो। केन्द्रदेखि प्रदेशसम्मका सरकार पनि ढले। अब हामी अन्तिम कित्ताकाटको अवस्थामा आइपुगेका छौँ।’

उनले अब एमालेलाई एकतावद्ध बनाएर अघि लैजाने पनि दाबी गरे। ‘हामी एकतावद्ध रुपमा पार्टीलाई अघि बढाउनेछौँ। नयाँ प्रतिवद्धता र अठोटका साथ उपस्थित भएका छौँ’, उनले भने, ‘यो ज्यादै खुसीको कुरा हो। हामी ठूलो संख्यामा एकतावद्ध भएर आएका छौँ। आगामी विजययात्रा सुनिश्चित गर्न हामी सरिक भएका छौँ।’

ओलीले माधव नेपालहरू आन्दोलनको बाटो बिर्सेर गलत बाटोमा हिँडेको पनि बताए।

‘हिजोसम्म हामीसँगै रहेका केही मित्रहरु आन्दोलनको बाटो छाडेर आन्दोलन हाँक्ने अभिभारा बोकेको पार्टी छाडेर, आन्दोलनको अभिभारा बिर्सेर, आफ्नो काँधका जिम्मेवारी बिर्सेर, जनतामा गरेका प्रतिवद्धता बिर्सिएर, आफूले लिएका शपथहरु बिर्सिएर, कर्तव्य बिर्सिएर, बाटो बिराएर भावावेषमा अकारण, सैद्धान्तिक मतभेदबिना हिँडेका छन्’, उनले भने, ‘कसैले लखेटेर, पार्टीमा बस्न नसकेर होइन। सामान्य अवस्थाबाट पार्टी चलिरहेका बेला केहीका स्वार्थवश, केहीका अहंकारवश, केहीका इर्ष्यावश नयाँ पार्टी दर्ता गर्ने तहसम्म पुग्नु भएको छ।’

ओलीले नेपालहरू आन्दोलनलाई नोक्सान पार्ने काममा लागेको पनि टिप्पणी गरे। ‘माधव नेपालको अहंकार र पदलोलुपताबाहेक नयाँ पार्टीको कुनै उद्धेश्य छैन’, उनले भने, ‘हिजो भएका गल्ती, कमी कमजोरीका लागि तिलतिल खोजेर कुनै व्यवहार र कारबाही गरिने छैन। साथीहरु फर्किनुस् आज पनि अवसर छ।’

उनले पार्टी बजार जस्तो नभएको पनि टिप्पणी गरे। ‘पार्टी बजार जस्तो होइन। बजारमा धेरै मान्छे जम्मा हुन्छन् तर तिनका उद्देश्य फरक हुन्छन्’, उनले भने, ‘कोही माछा किन्न, कोही टोपी, कोही सारी किन्न गएका हुन्छन्। तर पार्टी त्यस्तो हुन्न, एउटै उद्धेश्य हुन्छ।’


लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौँ

लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौँ

वि.सं.२०७९ मंसिर १४ बुधवार ०८:२१

बुटवल। लुम्बिनी प्रदेश सरकारले अस्थायी मुकाम बुटवलबाट केही मन्त्रालयहरु दाङ...

इन्द्र चौधरीले ल्याए ‘नयाँ बनपाले’ चित्रकथा

इन्द्र चौधरीले ल्याए ‘नयाँ बनपाले’ चित्रकथा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:५९

काठमाडौं । सञ्चारकर्मीसमेत रहेका रंगकर्मी इन्द्र चौधरीको बालकथा ‘नयाँ बनपाले’...

पत्रकार किशोर नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट वञ्चित गरिएकोमा पत्रकार महासंघको आपत्ति

पत्रकार किशोर नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट वञ्चित गरिएकोमा पत्रकार महासंघको आपत्ति

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:४७

  काठमाडौं, १४ मंसिर।  नेपाल पत्रकार महासंघले पूर्वसभापति किशोर नेपालले...

 बाँकी मतदान केन्द्रमा भोट हालेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाऔं–हिमाल शर्मा

 बाँकी मतदान केन्द्रमा भोट हालेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाऔं–हिमाल शर्मा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:३०

काठमाडौं, १४ मंसिर। प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ मतगणना जारी छ ।...

अरबाज खान र जर्जियाको ब्रेकअप

अरबाज खान र जर्जियाको ब्रेकअप

वि.सं.२०७९ मंसिर १४ बुधवार ०६:२९

मुम्बई, १४ मंसिर । बलिउड अभिनेता, निर्देशक तथा निर्माता अरबाज...

चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी हुनेछ– अमेरिका

चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी हुनेछ– अमेरिका

वि.सं.२०७९ मंसिर १४ बुधवार ०५:३२

काठमाडौं, १४ मंसिर । चीनको आणविक हतियार सन् २०३५ सम्ममा...