नेताको सनकका भरमा पार्टी विभाजन भएको एमाले उपाध्यक्ष युवराज ज्ञवालीको आरोप

वि.सं.२०७८ भदौ १५ मंगलवार

काठमाडौं। भदौ १५ गते
नेताहरुको झगडाका कारण पार्टीमा विभाजन आएको एमाले उपाध्यक्ष एवं कर्णाली प्रदेश इन्चार्ज युवराज ज्ञवालीको भनाई छ । उहाँले आज बिहान एमाले पार्टी कार्यालय सुर्खेतमा भएको पत्रकार सम्मेलनमा नेताको सनकका भरमा पार्टी विभाजन भएको आरोप लगाउनु भएको हो ।
ज्ञवालीले १० बुँदे सहमतिअनुसार पार्टी एकता भइसकेको पार्टीमा विभाजन आउनु गलत भएको र ‘एउटै विचार भएका दुई पार्टी हुन नसक्ने बताउनु भएको छ । ज्ञवालीले माधव नेपालले पार्टी विभाजनका लागि एक महिनासम्म हरप्रयास गरेको दाबी गर्नु भएको छ । केपी ओलीले संसद् विघटन गरेपछि अहिले गल्ती सच्चिसकेको सरकार परिवर्तन भइसकेको एमाले एकता गरेर सच्चिनु आवश्यक रहेको उहाँको भनाई छ ।
प्रकाशित समय : ०४:४७ बजे