back

विधानविपरीत बैठक बोलाएपछि बाध्य भएर आफुले बैठक आह्वान गर्नु परेको विवेकशील साझा पार्टीका संयोजक पाण्डेको भनाई

काठमाडौं । भदौ १६ गते
अध्यक्ष रवीन्द्र मिश्र पार्टी विभाजनको गतिविधिमा लागेको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले आरोप लगाउनु भएको । उहाँले एकताको महाधिवेशन अघिसम्म अध्यक्ष र संयोजक दुवैको सहमतिमा बैठक बोलाउनु पर्ने विधानमा व्यवस्था भए पनि एकलरूपमा बैठक बोलाएर पार्टी विभाजनको बाटो लिएको आरोप लगाउनु भएको छ ।

उहाँले ‘दुवै पार्टी एकीकरणका लागि बनाइएको विधानको धारा २० मा महाधिवेशनसम्म अध्यक्ष र संयोजकको सहमतिमा बैठक बोलाउने उल्लेख गर्नु भएको छ । पाण्डेले एकीकरणको मर्म, उद्देश्य तथा विधानविपरीत बैठक आह्वान गरेर पार्टीलाई विभाजन गराउने काम मिश्रले सुरुवात गरेको बताउनु भएको छ । उहाँले विधानविपरीत हुने गरी सहमति बिना नै एकलरूपमा बैठक बोलाउनु भनेको पार्टी विभाजन गराउनु भएको जिकिर गर्नु भएको छ ।

विधानविपरीत बैठक बोलाएपछि बाध्य भएर आफुले बैठक आह्वान गर्नु परेको उहाँको भनाई छ । पाण्डेले विधानको व्याख्या गर्ने अधिकार अध्यक्षलाई नभई संयोजकलाई दिएको पनि दावी गनु भएको छ । गत २५ मंसिरमा तत्कालीन साझा र विवेकशीलबाट ६५–६५ जना केन्द्रीय समिति सदस्य रहने गरी एकीकृत भएका थिए । तर, एकीकरण भएको एक वर्ष नपुग्दै मिश्र र पाण्डे दुवै पक्षले अलग–अलगरूपमा १७ भदौका लागि केन्द्रीय समिति बैठक आह्वान गरेका छन्।

 


लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

वि.सं.२०७९ मंसिर ११ आइतवार ०८:२२

काठमाडौं । लमजुङमा समानुपातिक मतगणनाको नतिजाअनुसार एमाले पहिलाे  र कांग्रेस...

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:५६

काठमाडौं, ११ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्त्यतिर पुगेको...

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:४०

ललितपुर । ललितपुरमा तीनवटा संघीय निर्वाचन क्षेत्र र ६ वटा...

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:४४

बुटवल, ११ मंसिर लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:२६

काठमाडौं,११ मंसिर । लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:१५

काठमाडौं,११ मंसिर।  प्रदेशसभाअन्तर्गत सर्लाही २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर...