कलाकार निशा घिमिरेको निधन

वि.सं.२०७८ भदौ १७ बिहीवार

काठमाडौँ । मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ । उपचारको क्रममा बुधबार साँझ ६ः५१ बजे निधन भएको हो ।
प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले विज्ञप्ति जारी गर्दै नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन भएकोमा दुःख व्यक्त गरेका छन् ।
दुर्घटनामा घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते निशुल्क उपचारको लागि नर्भिक ल्याइएको थियो ।
प्रकाशित समय : ०२:३९ बजे