back

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भएको प्रधानमन्त्री देउवाको भनाई

काठमाडौं । भदौ १८ गते
पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भएको प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताउनु भएको छ । उहाँले पार्टीको आजदेखि प्रारम्भ भएको वडा अधिवेशनका अवसरमा भिडियो सन्देश जारी गर्दै स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र संगठनको जग मजबुत बनाउँदै जनजनमा लोकतन्त्रको रक्तसञ्चार गर्ने उल्लेख गर्नु भएको छ।

सभापति देउवाले भनेका छन्, ‘देशभरका साथीहरूलाई लोकतान्त्रिक प्रक्रियाअनुसार सर्वसम्मत वा स्वस्थ प्रतिस्पर्धामार्फत अधिवेशनमा सहभागी हुन आग्रह गर्नु भएको छ । उहाँले लोकतन्त्रको पर्यायका रूपमा रहेको कांग्रेसले लोकतान्त्रिक अभ्यासमा आफूलाई सधैं अग्रणी सावित गर्दै आएको उल्लेख गर्दै नेपालका हरेक राजनीतिक आन्दोलनको नेतृत्व गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा पनि कांग्रेस सधैं अगाडि रहेको बताउनु भएको छ ।

उहाँले संवैधानिक बाध्यताअनुसार कोरोना महामारीकै बीच शुरू गर्नुपरेको महाधिवेशनमा सामाजिक दूरी कायम गरी सहभागी हुन कांग्रेसका नेता तथा कार्यकर्तालाई अनुरोध गर्नु भएको छ । ८ लाखभन्दा बढी कांग्रेसका क्रियाशील सदस्य आजदेखि १४औं महाधिवेशको प्रक्रियामा सहभागी भएको उल्लेख गर्दै उहाँले आफूले ती सबै सदस्य र नेतृत्वको जोश, जाँगर र साथको अनुभूति गरिरहेको बताउनु भएको छ ।

उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न कांग्रेसलाई बलियो बनाउन जरुरी रहेको जनाउँदै प्रधानमन्त्री देउवाले नेपाली जनताले बलियो कांग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव भन्ने बुझिसकेको उल्लेख गर्नु भएको छ ।


कांग्रेस नेता नारायण खड्का उदयपुर १ बाट निर्वाचित

कांग्रेस नेता नारायण खड्का उदयपुर १ बाट निर्वाचित

वि.सं.२०७९ मंसिर १४ बुधवार ०३:५३

  काठमाडौं, १४ मंसिर । परराष्ट्रमन्त्री एवं कांग्रेस नेता नारायण खड्का...

कतार फिफा विश्वकप: इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा

कतार फिफा विश्वकप: इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०३:३९

काठमाडौं, १४ मंसिर ।क्रिस्टियन पुलिसिकको निर्णायक खेलमा इरानलाई १–० अन्तरले...

तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन – माधव नेपाल

तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन – माधव नेपाल

वि.सं.२०७९ मंसिर १३ मंगलवार ११:०२

काठमाडौं, १३ मंसिर।  नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले तत्काल...

स्वतन्त्र पार्टीमाथि ओलीको कटाक्ष : अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?

स्वतन्त्र पार्टीमाथि ओलीको कटाक्ष : अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:५६

काठमाडौं, १३ मंसिर । एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र...

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:५३

काठमाडौं, १३ मंसिर।  प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ...

थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु  उचित होइन –अध्यक्ष ओली

थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु  उचित होइन –अध्यक्ष ओली

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:१९

काठमाडौं, १३ मंसिर।  एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापाथलीका सुकुम्वासीमाथि बल...