एमसीसीविरुद्ध अमेरिकी दूतावास अगाडि युवाहरुको प्रदर्शन

वि.सं.२०७८ भदौ १८ शुक्रवार

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्न माग गर्दै काठमाडौं स्थित अमेरिकी दूतावास अगाडि केही युवाहरुले आज प्रदर्शन गरेका छन् ।
एमसीसी खारेज राष्ट्रिय अभियान को नामबाट युवाहरु प्रदर्शनमा उत्रिएका थिए । उनीहरुलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पक्राउ पर्नेहरुमा जैसीसहित, जनक ढुंगाना, सम्राट थापा, कुलदीप शर्मा, सुरज तामाङ, टेकम बिसी, मोहमद नसिर, दुर्गा जोशी, केदार थामी र सुशील नेपाली छन् ।
आजको विरोध प्रदर्शन भने काठमाडौं जिल्ला समितिका सम्राट थापाले आयोजना गरेको उनले बताए ।
प्रकाशित समय : ०७:०९ बजे