आफूमाथि लागेको भ्रष्टाचार आरोप पुष्टि गरेर जेल सजाय दिन गोकुल बास्कोटाको आग्रह

वि.सं.२०७८ भदौ २० आइतवार

काठमाडौं । भदौं २० गते
आफूमाथि लागेको भ्रष्टाचार आरोप पुष्टि गरेर जेल सजाय दिन नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले आग्रह गर्नु भएको छ । एमाले जिल्ला कमिटीले बनेपामा आयोजना गरेको जिल्लास्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वसञ्चारमन्त्री समेत रहेका बास्कोटाले उक्त प्रतिक्रिया दिनु भएको हो ।
सांसद बाँस्कोटाले आफूमाथि लागेको आरोपको छानबिन गरी कारबाहीको दायरामा ल्याउन सरकारलाई चुनौती दिनु भएको छ ।
बास्कोटामाथि सेक्युरिटी प्रिन्टिङ खरिदका लागि व्यापारी र विचौलियासँग कमिशन बार्गेनिङ गरेको आरोप लागेको थियो।एकजना विचौलिया विजयप्रकाश मिश्रले बास्कोटाले कमिशन माग्दै गरेको अडियो सार्वजनिक गरेका थिए। यद्यपि उक्त सेक्युरिटी प्रिन्टर खरिद प्रक्रिया नै अघि बढेको थिए।
प्रकाशित समय : ०१:१४ बजे