कांग्रेसमा पहिलोपटक १९ वर्षीया स्वस्तिका महत सर्वसम्मत वडा सभापति चयन

वि.सं.२०७८ भदौ २० आइतवार

काठमाडौं । भदौं २० गते
शुक्रबार दैलेख दुल्लु नगरपालिका– ३ मा भएको वडा अधिवेशनमा कांग्रेसमा पहिलोपटक १९ वर्षीया स्वस्तिका महत सर्वसम्मत वडा सभापति चयन भएकी हुन् ।महत कांग्रेसको हालसम्म परिणाम घोषणा भएकामध्ये कान्छी वडा सभापति भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भएकोछ ।
आज सामाजिक सञ्जाल मार्फत उहाँले महतको चयनले कांग्रेसमा नयाँ पालुवा पलाउँदै गरेका सन्देश दिएको प्रतिक्रिया दिनु भएको छ ।
राजनीतिको मुहार बदल्ने भविष्य बोकेको जाँगरिलो युवाहरूको सार्थक हस्तक्षेपले तागत प्राप्त गर्ने बताउँनु भएको छ । दैलेखमा शुक्रबार निर्वाचन सम्पन्न भएको थियो । कांग्रेस दैलेखका निर्वाचन अधिकृत विवश बस्नेतले महत सर्वसम्मत विजयी भएको जानकारी दिए ।
प्रकाशित समय : ०६:१० बजे