back

कांग्रेस शीर्ष नेताहरु आज बैठक बस्दै

काठमान्डौ । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक आज हुदैछ । सभापति शेरबहादुर देउवाले सोमबार बिहान कांग्रेसका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । बालुवाटारमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला तथा महामन्त्री शशांक कोइरालासहितका नेताहरूलाई बैठकमा बोलाएका छन् ।

देउवाले हतारमा निर्देशिका निर्माण गर्दा प्रतिनिधित्वको विषय छुटेको भन्दै सच्याएर अघि जानका लागि प्रस्ताव गर्ने बताइएको छ । नेपाली कांग्रेसमा समावेशी प्रतिनिधित्व बढाउन ‘लबिङ’ सुरु भएको छ ।

निर्वाचन निर्देशिकाले समावेशी क्लस्टरको धज्जी उडाएको भन्दै दबाव दिएर वडा तहमा एकजनामात्रै सदस्य भए पनि समावेशी क्लस्टरको प्रतिनिधित्व सुनिश्चित भएपछि नेताहरू अब प्रदेश प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला र महाधिवेशन प्रतिनिधिको ‘लबिङ’मा जुटेका हुन् ।

नेताहरू फर्मूल्लाह मन्सुर, जीवन परियार मुस्लिम संघका अध्यक्ष अबदुल सतारसहितका नेताहरू बालुवाटार पुगेका थिए । उनीहरूलाई विगतका गल्ती सच्याउन तयार रहेको भन्दै सभापति देउवाले प्रतिनिधित्वका लागि पहल गर्ने आश्वासन दिएका छन् ।


नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०९:४७

काठमाडौं, १५ मंसिर। यसपटकको संसदीय निर्वाचनमा नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका...

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०८:१७

काठमाडौं, १५ मंसिर। क्षमताभन्दा बढी सामान बोक्ने ७५ वटा ट्रक...

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०७:०६

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यथास्थितिमा मुलुकको...

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:५७

काठमाडौं, १५ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले  अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग...

 बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

 बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:४८

  काठमाडौं, १५ मंसिर  । नेपाल सुनचाँदी व्यवसाय महासघंले बिहीबार सुनको मूल्य ...

मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:०१

काठमाडौं, १५ कात्तिक । गायक छवि न्यौपाने र गायिका मेलिना...