अविरल वर्षाका कारण उपत्यकाका नदीमा बाढी

वि.सं.२०७८ भदौ २१ सोमवार

काठमाडौ । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण वाग्मती नदि सहित उपत्यकाका विभिन्न नदीहरूमा ठुलो बाढी आएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार वाग्मती नदीले खोकनास्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । नदीतटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सोमबार दिउँसो सम्मका लागि सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
नदीकिनारमा रहेका अधिकाशं बस्तीहरू डुबानमा परेका छन् । धोबीखोलामा आएको बाढीले अनामनगर, मैतीदेवीलगायतका बस्तीहरू असर पारेको छ ।
प्रकाशित समय : ०३:४१ बजे