संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

वि.सं.२०७८ भदौ २१ सोमवार

काठमाडौं । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ ।
संखुवासभा मादी नगरपालिका १ का तेजबहादुर कार्कीको घरमा सम्पुण परिवारका सदस्यको हत्या भएको नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले जानकारी दिए ।
६ जनाको हत्या भएको बिहान गाउँलेले देखेका थिए । कसैको घरभित्रै शव कसैको बाहिर बाटोमा शव फेला परेको छ । नगरप्रमुख लिंथेपले भने म पनि घटनास्थलमा जाँदैछु ।
प्रकाशित समय : ०६:४४ बजे