आज तीजको दर खाने दिन

वि.सं.२०७८ भदौ २३ बुधवार

काठमाडौं । महिलाहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन आज दर खाने दिन । तीज पर्वको अघिल्लो दिन दर खाने चलन रहेको छ ।
दर खाने दिनमा विभिन्न मिठान्न बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने परम्परा समेत रहिआएको छ । दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्दछ ।
तीजको दिन निराहार व्रत बस्ने भएकाले त्यसको लागि अघिल्लो साँझ मध्यरातमा बिभिन्न मिष्ठान्न परिकार खाने गरिन्छ ।
परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनी निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ ।
प्रकाशित समय : ०३:३० बजे