back

एमसीसी संसदमा टेबल भएपछि एमालेले तत्काल निर्णय गर्ने एमालेका उपमहासचिव विष्णु पौडेलको भनाई

काठमाडौं । भदौ २३ गते
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल भएपछि एमालेले तत्काल निर्णय गर्ने नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले बताउनु भएको छ । उहाँले सरकारमा रहेका दलहरुबीच एमसीसीबारे एकमत नभएको भन्दै पौडेलले एमालेमा समस्या नरहेको दावी समेत गर्नु भएको छ ।

आज पौडेलले एमसीसीबारे एमालेले पहिल्यै निर्णय गरेर नबसेको बताउनु भएको छ । पौडेलले लुम्बिनीमा एमाले विभाजित नभएको तर्क गर्नु भएको छ । उहाँले कानून बमोजिम एमाले विभाजन गर्न नसकेपछि अध्यादेश ल्याएर विभाजन गरिएको बताउनु भएको छ ।

४० प्रतिशतलाई २० प्रतिशतमा झारेर एमाले विभाजन गर्ने कोशिश गरिएको उहाँको भनाई छ । आउँदो चुनावमा एमालेले २०७४ को भन्दा राम्रो नतिजा ल्याउने पौडेलले दावी गर्नु भएको छ । माधव नेपाल नेतृत्वको पार्टी एक्लै चुनाव लड्न नसक्ने र गठबन्धन गरेर लड्न अरुले बैशाखी नदिने हुँदा बितारा पर्ने पौडेलले बताउनु भएको छ ।

एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै पौडेलले सभामुख अग्निप्रसाद सापकोटाले दलको कार्यकर्ताको रुपमा भूमिका निभाएको आरोप लगाउनु भएको छ ।


लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

वि.सं.२०७९ मंसिर ११ आइतवार ०८:२२

काठमाडौं । लमजुङमा समानुपातिक मतगणनाको नतिजाअनुसार एमाले पहिलाे  र कांग्रेस...

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:५६

काठमाडौं, ११ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्त्यतिर पुगेको...

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:४०

ललितपुर । ललितपुरमा तीनवटा संघीय निर्वाचन क्षेत्र र ६ वटा...

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:४४

बुटवल, ११ मंसिर लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:२६

काठमाडौं,११ मंसिर । लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:१५

काठमाडौं,११ मंसिर।  प्रदेशसभाअन्तर्गत सर्लाही २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर...