अम्बा सेवन गर्नुका अचुक फाइदाहरु

वि.सं.२०७८ भदौ २४ बिहीवार

काठमाडौं । भदौ २४ गते
मौसमी फलको फाइदा केवल स्वादमा मात्र सिमित रहदैन । यसको पातदेखि डाठसम्म औषधीय गुणले भरपुर हुन्छ । अम्बा पनि एक यस्तो बोट हो जसको फलसँगै पात पनि स्वास्थ्यका हिसाबले लाभकारी मानिन्छ । अम्बाको पातमा एक यस्तो औषधीय गुण हुन्छ जसलाई खान चिकित्सकहरुले पनि सल्लाह दिने गर्छन ।
अम्बाको पात सबैभन्दा धेरै डेंगु प्रभावितहरुका लागि फाइदाजनक हुन्छ। यसका अलावा अम्बाको पातको जुस पिउनुका पनि धेरै फाइदा छन ।
अम्बाको पातको जुस पिउनाले प्लेटलेट्सको मात्रा बढ्छ। यसका साथै अम्बाको पातको जुसमा मेगाकैरोपियोसिस बढाउने औषधीय गुण पनि पाइन्छम जसको कारणले प्लेटलेटको मात्रामा बृहत्तर बिकासमा सहयोग पुर्याउछ। त्यसकारण डाक्टरले डेंगु संक्रमितहरुलासी अम्बाको जुस पिउने सल्लाह दिने गर्छन ।
अम्बा हाम्रो लागी कुनै नयाँ कुरा हैन । हामीले खाँदै आएको फल हो । अम्बा हामी पाकेको वा काँचै पनि खाने गर्छौं । यो स्वादमा निकै स्वादिलो हुने भएकाले मानिसहरुलाई यसलाई बडी रुचाउने गर्छन् । हामी अम्बाको पातलाई पनि विभिन्न प्रयोजनको लागी प्रयोग गर्न सक्छौं ।
१ अम्बा केवल स्वादका लागि मात्रै प्रयोग नभई यसको सेवनले शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढाउनका मद्दत गर्छ । अम्बामा भिटामिन ए,बी तथा सी पाइन्छ ।
२ अपच, ग्यास्टिक आदिका लागि अम्बा निकै लाभदायी मानिन्छ । यी रोगबाट पीडित व्यक्तिले प्रतिदिन २५० ग्राम अम्बाको सेवन गर्नु आवश्यक पर्दछ ।
३ यसले पाचन प्रणलीलाई चुस्त राख्नुका साथै मानिसलाई स्वस्थ रहन मद्धत गर्छ ।
४ दैनिक २ वटा मध्यम आकारका अम्बाले नै भिटामिन सि को कमीलाई हटाउँछ ।
५ फोलिक एसिड, विटामिन बी९९ले भरिएको अम्बा गर्भवती महिलाहरुका लागि लाभदायक हुन्छ । यसको सेवनले पेटको बच्चाको न्यूरोलोजिकल डिसअर्डर नियन्त्रणमा आउँछ ।
६। गाजर जस्तै अम्बा पनि भिटामिन ए का लागी उत्तम मानिन्छ । पोषक तत्वले भरिएको अम्बाको सेवनले आँखा सम्बन्धी समस्या निर्मुल पार्न मद्धत गर्छ । भिटामिन ए को कमी भएर हुने रतन्धोबाट पनि अम्बाको सेवनले बचाउँछ ।
७ चाइनीज मेडिसीनमा अम्बालाई डायबिटीज कम गर्ने मानक नै मानिन्छ । एक अध्ययनका अनुसार अम्बाको जुस पिउनाले चिनी रोगको स्तर नै कम हुन पुग्छ । अम्बामा फाइबरको मात्रा धेरै हुने हुनाले सुगरका बिरामीलाई यो एक औषधि नै साबित हुने हालैको एक अध्ययनले प्रमाणित गरेको छ ।
प्रकाशित समय : ०३:२५ बजे