back

पार्टीको वडा अधिवेशन तत्काल गर्नुपर्ने अवस्था आएको कांग्रेसका नेता प्रकाशमान सिंहको भनाई

काठमाडौं । भदौ २४ गते
पार्टीको वडा अधिवेशन तत्काल गर्नुपर्ने अवस्था आएको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको भनाई छ । बिपी जयन्तीको अवसरमा एक सन्देश जारी गर्दै उहाँले उक्त प्रतिक्रिया दिनु भएको हो ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको संघारमा रहेको र वडा अधिवेशन प्रारम्भ भइसकेको भए पनि केही स्थानमा अझै बाँकी रहेको जानकारी दिनु भएको छ । उहाँले तत्काल बाँकी रहेका स्थानमा पनि अधिवेशन यथाशक्य सम्पन्न गर्दै मंसिरमा निर्धारित महाधिवेशन सुनिश्चित गर्नु पर्ने बताउनु भएको छ ।

कोइरालालाई श्रद्धाञ्जली अर्पण गर्दै नेता सिंहले बलियो कांग्रेस र सक्षम नेतृत्व भएमात्र संस्थापक नेता जननायक बिपीले देखेका सपना पूरा गर्न सकिने जिकिर गर्नभएको छ । त्यसका लागि सबैले आ–आफ्नो ठाउँबाट सशक्त भूमिका खेल्न सबैमा आग्रह गर्नु भएको छ ।

कांग्रेसले २० जिल्लाको क्रियाशील सार्वजनिक अझै गरेको छैन। जसका कारण ती जिल्लाको वडा अधिवेशन अनिश्चित बनेको छ। क्रियाशिल सदस्यता सार्वजनिक भएका ५७ जिल्लाको वडा अधिवेशन अधिकांशमा सकिए पनि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्लामा भने विवादले चर्को रुप लिएको छ।


लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

वि.सं.२०७९ मंसिर ११ आइतवार ०८:२२

काठमाडौं । लमजुङमा समानुपातिक मतगणनाको नतिजाअनुसार एमाले पहिलाे  र कांग्रेस...

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:५६

काठमाडौं, ११ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्त्यतिर पुगेको...

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:४०

ललितपुर । ललितपुरमा तीनवटा संघीय निर्वाचन क्षेत्र र ६ वटा...

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:४४

बुटवल, ११ मंसिर लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:२६

काठमाडौं,११ मंसिर । लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:१५

काठमाडौं,११ मंसिर।  प्रदेशसभाअन्तर्गत सर्लाही २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर...