आज प्रधानसेनापति प्रभुराम शर्माले लिए पद तथा गोपनीयताको शपथ

वि.सं.२०७८ भदौ २४ बिहीवार

काठमाडौं । भदौ २४ गते
आज प्रधानसेनापति प्रभुराम शर्माले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । उहाँलाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा शपथ ग्रहण गराउनुका साथै दर्ज्यानी चिह्न लगाइदिनु भएको छ ।
झन्डै एक लाख सैनिकको प्रमुख भएर तीन वर्ष संस्था हाँक्ने अवसर पाएका शर्मा २०८१ भदौ २४ सम्म प्रधानसेनापति रहनु हुनेछ । उहाँले पूर्वप्रधानसेनापतिहरू पूर्णचन्द्र थापा र राजेन्द्र क्षत्रीकै कार्यकालदेखि संगठनलाई माथिल्लो तहमा बसेर बुझ्ने अवसर पाउनु भएको छ ।
नेपाली सेनाका परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीले गत भदौ ११ गते शर्मालाई भदौ २४ गतेबाट लागू हुने गरी प्रधानसेनापति नियुक्त गर्नु भएको थियो ।
प्रकाशित समय : ०६:१५ बजे