प्रतिस्थापन विधेयकअनुसार सरकारले खर्च गर्न सक्ने लोसपका नेता कर्णको भनाई

वि.सं.२०७८ भदौ २९ मंगलवार

काठमाडौं । भदौं २९ गते
प्रतिस्थापन विधेयकअनुसार सरकारले खर्च गर्न सक्ने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपका)नेता लक्ष्मणलाल कर्णको भनाई छ । आज प्रतिनिधिसभाको बैठकपछि संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता कर्णले सरकारलाई खर्च गर्न अप्ठेरो नहुने बताउनु भएको छ ।
उहाँले बजेट संसद्बाट पारित हुने पनि उल्लेख गर्नु भएको छ । आज पनि एमालेको अवरोधकै बीच प्रतिनिधिसभाको बैठक सुरु भएको थियो । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।
उक्त प्रस्ताव माथिको छलफलमा नेमकिपाका सांसद् प्रेम सुवाल सहभागी भएका थिए । मंगलबारको बैठकमा संविधानसभा सदस्य मनबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गरिएको थियो ।
प्रकाशित समय : ०८:५८ बजे