आज ७ जना कोरोना संक्रमितको मृत्यु

वि.सं.२०७८ भदौ ३० बुधवार

काठमाडौं । भदौं ३० गते
आज देशभर थप १७ सय ६० जना कोरोना संक्रमित थपिएका छन् । आज१६ हजार ८४४ नमूना परीक्षण गर्दा १ हजार ७६० जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १२ सय २० संक्रमित संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९९१ पुगेको छ ।हाल सक्रिय संक्रमितको संख्या २६ हजार ३०३ रहेको छ ।
त्यस्तै आज काठमाडौं उपत्यकामा मात्रै ४९५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।त्यस्तै आज काठमाडौंमा ३६०, ललितपुरमा ७२ र भक्तपुरमा ६३ जनामा संक्रमण पुष्टि भएको हो।
प्रकाशित समय : १२:१२ बजे