नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु

वि.सं.२०७८ असोज ३ आइतवार

प्रेस चौतारा । संविधान दिवसको अवसरमा राखिएको कार्यक्रम सकिए लगतै नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।
आइतबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक सुरु भएको हो ।
एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तमाङका अनुसार बैठक पार्टीको विधान, महाधिवेशनमा केन्द्रीत हुने बताएका छन् ।
एमालेको विधान महाधिवेशन असोज १५ देखि १७ गतेसम्म हुने कार्यतालिका रहेको छ ।
प्रकाशित समय : १०:१४ बजे