back

ओलीको नाम सुन्दा जनताले नाक खुम्चयाउन थालेः माधव नेपाल

प्रेस चाैतरा। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई जनताले सजाय दिने दाबी गरेका छन्।

आइतबार पोखरामा कास्की जिल्ला स्तरीय कार्यकर्ता भेला एवं विचार गोष्ठीमा अध्यक्ष नेपालले ओलीले पटक पटक संविधानमाथि आक्रमण गरेकाले सजाय पाउने उल्लेख गरेका हुन्। संविधान दिवसको अवसर समेत पारेर समाजवादीले गरेको कार्यक्रममा अध्यक्ष नेपालले संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला ऐतिहासिक भएको टिप्पणी गरे। उनले भने, ‘संविधानमाथि आक्रमण गर्ने केपी ओलीलाई जनताले सजाय दिन्छन्। संविधानभन्दा माथि कोही पनि छैन। कोही नेता हुँदैन।’

उनले असार २८ र फागुन ११ गतेको संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला संविधानवादको दृष्टिमा कोसेढुंगा भएको दाबी गरे। ‘असार २८ को फैसला संविधानवादको कोसेढुंगा सावित हुनेछ। फागुन ११ गतेको फैसलाको आधारमा उक्त फैसला गरिएको छ।’उनले आफ्नो पार्टीले संविधान पालना गर्ने प्रतिबद्धता जनाउँदै भने, ‘हामी संविधान मिच्ने छैनौँ। पालाना गर्नेछौँ।’ ओलीले पहिलोपटक आफूलाई प्रधानमन्त्रीबाट हटाउँछन् भनेर संसद नै विघटन गरेको दाबी गरे।

एकीकृत समाजवादीलाई जनताको आशा भरोसाको केन्द्र बनाउने र अरु दलभन्दा फरक देखिन कार्यकर्तालाई सुझाव दिए। एमाले जनताको नजरबाट खस्किसकेको नेपालको भनाइ छ। ‘एमालेको नाम लिने वित्तिकै जनताले नाक खुम्चयाउन थालेका छन्। जनताको नजरबाट खसेको छ, उनले भने।


सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ–बाबुराम भट्टराई

सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ–बाबुराम भट्टराई

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:३५

काठमाडौं, १४ मंसिर । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकाका...

बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज निर्वाचन आयोगको बैठक बस्दै

बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज निर्वाचन आयोगको बैठक बस्दै

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:२५

काठमाडौं, १४ मंसिर । बाजुरा र स्याङ्जा २ मा रोकिएको...

मेयर बालेनपछि विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल एक्सनमा

मेयर बालेनपछि विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल एक्सनमा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:१८

  काठमाडौं, १४ मंसिर।  काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले...

९९ लाख ९३ हजार मतगणना हुँदा कुन दलको कति मत ?

९९ लाख ९३ हजार मतगणना हुँदा कुन दलको कति मत ?

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:०४

काठमाडौं, १४ मंसिर । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा...

कांग्रेस नेता नारायण खड्का उदयपुर १ बाट निर्वाचित

कांग्रेस नेता नारायण खड्का उदयपुर १ बाट निर्वाचित

वि.सं.२०७९ मंसिर १४ बुधवार ०३:५३

  काठमाडौं, १४ मंसिर । परराष्ट्रमन्त्री एवं कांग्रेस नेता नारायण खड्का...

कतार फिफा विश्वकप: इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा

कतार फिफा विश्वकप: इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०३:३९

काठमाडौं, १४ मंसिर ।क्रिस्टियन पुलिसिकको निर्णायक खेलमा इरानलाई १–० अन्तरले...