पहिरोमा पुरिएर गुल्मीमा एकै घरका तीन जनाको मृत्यु

वि.सं.२०७८ असोज ६ बुधवार

काठमाडौं । असोज ६ गते
मंगलबार रातिदेखि परेको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर गुल्मीमा एकै घरका तीन जनाको मृत्यु भएको छ ।
रेसुङ्गा नगरपालिका वडानम्बर–८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र १४ वर्षकी जमुना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । माथिबाट आएको पहिरोले एक तले पक्की घर पुरिएपछि बीचको कोठामा सुतेका तीज बहिनीको मृत्यु भएको हो ।
तिलक परियारको घरमा ६ जनाको परिवार थियो । जसमध्ये जना छोरीको मृत्यु भएको र उनकी श्रीमती र एक छोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ ।स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा तीन जनाकै शव बिहान साढे ४ बजे मृत अवस्थामा निकाली गुल्मी अस्पताल तम्घास पठाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : ०१:४० बजे