back

चुनावपछि माधव नेपालको अस्तित्व समाप्त हुने पूर्वमन्त्री गोकुल बाँस्कोटाको दाबी

काठमाडौं । असोज ६ गते
चुनावपछि माधव नेपालको अस्तित्व समाप्त हुने प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले दाबी गर्नु भएको छ । त्यस्तै उहाँले नेकपा एमालेका सांसद सभामुख अग्निप्रसाद सापकोटा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको इशारामा चलेको आरोप समेत लगाउनु भएको छ ।

पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रचण्डकै इशारामा सभामुखले एमालेले गरेको १४ सांसदको कारबाहीलाई मान्यता नदिएको बताउनु भएको छ । उहाँले हुँदै नभएको प्रचण्ड धारा प्रयोग गरेर कारबाही गर्न नमिल्ने जिबिर गर्नु भएको छ ।

सभामुख सापकोटा आफ्नो मर्यादामा नबसेका कारण आफूहरुले संसद अवरुद्ध गरिरहेको उहाँको भनाई छ । सभामुखले जनता समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारबाही गर्दा एकै घण्टामा र माओवादी केन्द्रले टोपबहादुर रायमाझी लगायत ४ सांसदलाई कारबाही गर्दा ४८ घण्टाभित्र सूचना जारी गरेको बास्कोटाको भनाई छ । नेता बास्कोटाले सभामुखले आफ्नो निर्णय सच्याउनुपर्ने नभए पद छाड्नुपर्ने बताउनु भएको छ ।


स्ववियु निर्वाचनः कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक

स्ववियु निर्वाचनः कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक

वि.सं.२०७९ चैत ७ मंगलवार ०४:१९

काठमाडौं, चैत ७ गते । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आइतबार...

आज प्रधानमन्त्री दाहाल गोरखा जादै

आज प्रधानमन्त्री दाहाल गोरखा जादै

वि.सं.२०७९ चैत ७ मंगलवार ०४:१०

काठमाडौं, चैत ७ गते । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड...

अदालतमै हत्याको योजना बनेको पाकिस्तानका पूर्वप्रधानमन्त्री खान आरोप

अदालतमै हत्याको योजना बनेको पाकिस्तानका पूर्वप्रधानमन्त्री खान आरोप

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:५५

काठमाडौं, चैत ७ गते । आफूलाई अदालतमै हत्याको योजना बनेको...

तनहुँ–१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन दल दर्ता गर्न आयोगको आग्रह

तनहुँ–१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन दल दर्ता गर्न आयोगको आग्रह

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:३८

काठमाडौं, चैत ७ गते । वैशाख १० गते हुने प्रतिनिधिसभा...

कैलालीमा ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २६ घाइते

कैलालीमा ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २६ घाइते

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:२१

काठमाडौं, चैत ७ गते ।कैलालीको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका–७ मा...

मुलुकको अर्थतन्त्र सुधार गर्न राजनीतिक स्थिरता आवश्यक छ –पृथ्वीमान गुरुङ

मुलुकको अर्थतन्त्र सुधार गर्न राजनीतिक स्थिरता आवश्यक छ –पृथ्वीमान गुरुङ

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:०८

काठमाडौं, चैत ७ गते । मुलुकको अर्थतन्त्र सुधार गर्न राजनीतिक...