आज कांग्रेसको पदाधिकारी बैठक बस्दै, सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने तयारी

वि.सं.२०७८ असोज ६ बुधवार

काठमाडौं । असोज ६ गते
आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार दिउँसो ३ बजेका लागि बैठक बोलाउनु भएको छ । बैठक देउवाको निजी निवास बूढानीलकण्ठमा बस्नेछ ।
सरकार गठन भएको लामो समय बितिसक्दा पनि मन्त्रीपरिषदले अहिलेसम्म पूर्णता पाउन सकिरहेको छैन । आज बोलाएको पार्टीको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने बताइएको छ । देउवाले डाक्टर नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने र आज नै शपथ लिने तयारी गर्नु भएको छ।
प्रकाशित समय : ०३:१४ बजे