back

राष्ट्र निर्माण र समृद्धिमा सबैबीच एकता हुनुपर्ने प्रधानमन्त्री देउवाको भनाई

काठमाडौं । असोज ६ गते
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र निर्माण र समृद्धिमा सबैबीच एकता हुनुपर्ने बताएका छन्। सामाजिक सेवा दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले मानवीय सेवाभावले गरिने कार्यका लागि आवश्यक सहयोग गर्न सरकार सदैव तत्पर रहने प्रतिबद्धतासमेत व्यक्त गर्नु भएको छ ।

असोज ६ गते सामाजिक सेवा दिवस मनाउने गरिएको छ। गरिबी निवारण, सामाजिक न्याय, समानता, समता र मानव अधिकारजस्ता अवधारणालाई आत्मसात् गर्दै समाज सेवालाई अनुभूत हुने गरी कार्यान्वयन गर्ने दिशामा अग्रसर हुनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ। आगामी दिनमा सङ्घ प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा समाज रूपान्तरणको कार्यक्रमलाई राष्ट्रिय प्राथमिकता अनुकूल बनाउँदै राष्ट्र निर्माणमा सहकार्य गरिनुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिनु भएको छ ।

‘सर्वजन हिताय सर्वजन सुखाय’ भन्ने पूर्वीय दर्शनको सार नै सामाजिक सेवाभाव रहेको भन्दै उहाँले दिगो विकासको लक्ष्यमा साझेदारीको विषयलाई प्राथमिकताका साथ अघि सारिएको अवस्थामा यस वर्षको सामाजिक सेवा दिवस राष्ट्र निर्माणमा विकासका लागि साझेदारी गर्न सफल हुने विश्वास प्रधानमन्त्रीले व्यक्त गर्नु भएको छ ।

 


लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौँ

लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौँ

वि.सं.२०७९ मंसिर १४ बुधवार ०८:२१

बुटवल। लुम्बिनी प्रदेश सरकारले अस्थायी मुकाम बुटवलबाट केही मन्त्रालयहरु दाङ...

इन्द्र चौधरीले ल्याए ‘नयाँ बनपाले’ चित्रकथा

इन्द्र चौधरीले ल्याए ‘नयाँ बनपाले’ चित्रकथा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:५९

काठमाडौं । सञ्चारकर्मीसमेत रहेका रंगकर्मी इन्द्र चौधरीको बालकथा ‘नयाँ बनपाले’...

पत्रकार किशोर नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट वञ्चित गरिएकोमा पत्रकार महासंघको आपत्ति

पत्रकार किशोर नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट वञ्चित गरिएकोमा पत्रकार महासंघको आपत्ति

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:४७

  काठमाडौं, १४ मंसिर।  नेपाल पत्रकार महासंघले पूर्वसभापति किशोर नेपालले...

 बाँकी मतदान केन्द्रमा भोट हालेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाऔं–हिमाल शर्मा

 बाँकी मतदान केन्द्रमा भोट हालेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाऔं–हिमाल शर्मा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:३०

काठमाडौं, १४ मंसिर। प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ मतगणना जारी छ ।...

अरबाज खान र जर्जियाको ब्रेकअप

अरबाज खान र जर्जियाको ब्रेकअप

वि.सं.२०७९ मंसिर १४ बुधवार ०६:२९

मुम्बई, १४ मंसिर । बलिउड अभिनेता, निर्देशक तथा निर्माता अरबाज...

चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी हुनेछ– अमेरिका

चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी हुनेछ– अमेरिका

वि.सं.२०७९ मंसिर १४ बुधवार ०५:३२

काठमाडौं, १४ मंसिर । चीनको आणविक हतियार सन् २०३५ सम्ममा...