प्रधानमन्त्रीद्वारा परराष्ट्रमन्त्रीमा डा.नारायण खड्का नियुक्त

वि.सं.२०७८ असोज ६ बुधवार

काठमाडौं । असोज ६ गते
परराष्ट्रमन्त्रीमा डा.नारायण खड्कालाई प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गर्नु भएको छ । प्रधानमन्त्री कार्यालयले खड्काको नियुक्तिबारे राष्ट्रपति कार्यालयलाई पत्र पठाइसकेको छ ।
राष्ट्रपति कार्यालयमा खड्काको सपथ अपरान्ह १ बजे हुने बताइएको छ ।नेपाली कांग्रेसको विदेश विभाग प्रमुख रहेका खड्का उदयपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
प्रकाशित समय : ०६:१२ बजे