संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग पराष्ट्रमन्त्री खड्का न्युयोर्कमा

वि.सं.२०७८ असोज ८ शुक्रवार

काठमाडौं । असोज ८ गते
संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पराष्ट्रमन्त्री डा.नारायण खड्का न्युयोर्क पुग्नु भएका छन् ।
मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई, न्युयोर्कस्थित कायममुकायम महावाणिज्यदूत विष्णुप्रसाद गौतमलगायत दुवै नेपाली नियोगका अधिकारीले स्वागत गर्नुभएको न्युयोर्कबाट परराष्ट्र प्रवक्ता सेवा लम्सालले जनाउनु भएको छ।
आशाको माध्यमबाट लचिलोपन निर्माणका साथ कोभिड–१९ बाट पुनःस्थापना, दिगो पुनःनिर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घलाई पुनःजागृत गराउने’ विषयमा परराष्ट्रमन्त्रीले यही असोज ११ गते सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रकाशित समय : ०२:३५ बजे