चाडपर्वमा छुट तथा सहुलियत दिएर व्यापार गर्न व्यवसायीहरूलाई गृहमन्त्री खाँणको आग्रह

वि.सं.२०७८ असोज ८ शुक्रवार

काठमाडौं । असोज ८ गते
चाडपर्वमा छुट तथा सहुलियत दिएर व्यापार गर्न व्यवसायीहरूलाई गृहमन्त्री बालकृष्ण खाँणले आग्रह गर्नु भएको छ । उहाँले सुरक्षा निकायका प्रमुख, अनुगमनकारी निकायका प्रमुख, व्यवसायी, उपभोक्ताकर्मीलगायतसँग अन्तक्र्रिया गर्दै यस्तो बताउनु भएको हो ।
कोरोना भाइरसका कारण जनजीवन प्रभावित बनेकाले आमनागरिकको क्रयशक्ति कमजोर भएको मन्त्री खाँणको भनाई छ । मन्त्री खाँणले बैठकमा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले विषम परिस्थितिमा पनि व्यवसाय गरेर उपभोक्तालाई सेवा दिइरहेको जानकारी दिनु भएको छ ।
उहाँले नागरिकप्रति उत्तरदायित्व भएर व्यवसाय गर्ने जानकारी दिँदै अनुगमनका नाममा दुःख नदिन आग्रह गर्नु भएको छ ।
त्यस्तै गृहमन्त्री बालकृष्ण खाणले म्याद सकिएका औषधि र खाद्यान्नलगायत विक्री वितरण गरिएको पाइएमा कडा कारबाही गरिने बताउनु भएको बजार अनुगमनसम्बन्धी गृह मन्त्रालयमा बिहीबार बसेको बैठकमा उहाँले म्याद गुर्जेका औषधि र खाद्यान्नलगायत सामग्री विक्री वितरण गरेको भेटिएमा कडा कारबाही गर्न निर्देशन दिनु भएको छ ।
प्रकाशित समय : ०२:४४ बजे