ओली तानाशाह, स्वेच्छाचारी, अंहकार र दम्भले भरिएको माधवकुमार नेपालको आरोप

वि.सं.२०७८ असोज १० आइतवार

काठमाडौं । असोज १० गते
नेकपा एमालेका अध्यक्ष केपी ओली तानाशाह, स्वेच्छाचारी, अंहकार र दम्भले भरिएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आरोप लगाउनु भएको छ । उहाँले आफ्नै अमंताको कारण सत्ताबाट बाहिरिएपछि गालीगलौजमा उत्रिएको दाबी समेत गर्नु भएको छ ।
उहाँले ओलीले तानाशाही प्रवृत्ति देखाएकाले विद्रोह गर्न परेको भन्दै आगामी निर्वाचनमा ओलीको पार्टीलाई टर्च बालेर खोजेर नभेटिने जिकिर गर्नु भएको छ । नेता नेपालले सुदुर पश्चिम, कर्णाली र प्रदेश २ मा नेकपा एमालेभन्दा आफ्नो पार्टी अगाडी रहेको भन्दै वाग्मती र प्रदेश १ मा छिट्टै गठबन्धनको सरकार बन्ने दाबी गर्नु भएको छ ।
पाँच दलको गठबन्धन सरकारले छिट्टै पूर्णताउहाँको भनाई छ । उहाँले कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एस र जनमोर्चाको पाँच दलीय गठबन्धन वडा तहसम्म समन्वय र सहकार्य गरेर अगाडि बढ्ने तर्क गर्नु भएको छ ।
प्रकाशित समय : ०२:१८ बजे