मानिसको जीवनका लागि खोपलाई सार्वजनिक सामान घोषणा गरिनुपर्छ – परराष्ट्र मन्त्री खड्का

वि.सं.२०७८ असोज १२ मंगलवार

काठमाडौं । असोज १२ गते
संयुक्त राष्ट्रसंघको महासभामा परराष्ट्र मन्त्री नारायण खड्काले सम्बोधन गर्नु भएको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली मिसनले जनाएअनुसार सोमबार परराष्ट्र मन्त्री खड्काले राष्ट्रसंघको ७६ औं महासभालाई सम्बोधन गर्नु भएको हो ।
सम्बोधनका क्रममा मन्त्री खड्काले बहुपक्षीयतामा नेपालको स्थान र राष्ट्रिय स्वार्थका विविध विषयमा प्रकाश पार्नु भएको थियो । कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाएका विश्वभरका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परराष्ट्र मन्त्री खड्काले खोपको उपलब्धतामा गहिरिँदै गएको असमानताले न्यून आय भएका मुलुकमा ठूलो आर्थिक(सामाजिक असर पारेको बताउनु भएको छ ।
मन्त्री खड्काले ‘मानिसको जीवनका लागि खोपलाई सार्वजनिक सामान घोषणा गरिनुपर्ने बताउनु भएको छ कोभिड नियन्त्रणमा संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय समुदायका प्रयासको प्रशंसा गर्दै मन्त्री खड्काले सबै ठाउँका सबै मानिसले न्यायपूर्ण र समान तरिकाले खोप पाउनु पर्ने कुरामा जोड दिनु भएको छ ।
प्रकाशित समय : ०१:४८ बजे