सरकारले अध्यादेश फिर्ता लिएपछि वर्तमान सरकार भ्रष्ट र निर्लज्ज राजनीतिको नमूना हो – कमल थापा

वि.सं.२०७८ असोज १२ मंगलवार

काठमाडौं । असोज १२ गते
सरकारले अध्यादेश फिर्ता लिएपछि वर्तमान सरकार भ्रष्ट र निर्लज्ज राजनीतिको नमूना भएको राप्रपा अध्यक्ष कमल थापाको भनार्य छ ।
सरकारले एमाले र जसपा फुटाएलगत्तै दल विभाजन अध्यादेश फिर्ता लिएको प्रकरणमा आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै टिप्पणी गर्दैउहाँले भ्रष्ट र निर्लज्ज राजनीतिको नमूना भएको उल्लेख गर्नु भएको छ ।
उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ ,परमादेशबाट प्रम नियुक्ति, त्यस्तो प्रमलाई विश्वासको मत दिँदा पद नजाने आदेश, त्यतिले नपुगेर संसद बैठक अन्त्य गरेर भोलिपल्टै दल विभाजन गर्न सजिलो पार्ने अध्यादेश, दुईवटा दल फुटाएर विश्वास मत लिएपछि अध्यादेश फिर्ता । यही हो अग्रगमन,संविधान र लोकतान्त्रको रक्षा ।
प्रकाशित समय : ०४:२७ बजे