back

नेपालले राष्ट्रसंघमा सशक्त र जोडदार रूपमा मुद्दाहरू उठाएको परराष्ट्रमन्त्री खड्काद्वारा जानकारी

काठमाडौं । असोज १४ गते
संयुक्त राष्ट्रसंघको ७६औं महासभामा भाग लिएर परराष्ट्रमन्त्री डा.नारायण खड्का स्वदेश फर्किनु भएको छ । परराष्ट्रमन्त्री डा. खड्का सहितको टोली संयुक्त राष्ट्रसंघको ७६औं महासभामा भाग लिएर आज बिहान स्वदेश आइपुगेको हो ।

महासभा बैठकका सम्बन्धमा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री खड्काले आफूले महासभाको बैठकमा कोभिड–१९ महामारीको प्रभावबाट विश्वलाई मुक्त गर्नको लागि सबै राष्ट्रलाई खोप, औषधिउपचार तथा अन्य उपकरणमा समान पहुँच हुनुपर्ने विषय उठाएको बताउनु भएको छ । जलवायु परिवर्तनले नेपालको हिमालय श्रृंखलामा ल्याएको परिवर्तनबारे विश्व सचेत हुनुपर्ने, दीगो विकास लक्ष्य प्राप्त गर्नका लागि नेपाल जस्तो राष्ट्रलाई सहयोग प्रदान गर्नुपर्ने लगायतको विषय आफूले सम्बोधनका क्रममा उठाएको उहाँको भनाई छ ।

त्यसैगरी, विश्वमा आतंकवादको खतरा मुक्त गर्न साझा कार्यक्रम अघि बढाउनुपर्ने तथा शक्ति राष्ट्रहरू हातहतियारको होडबाजीबाट मुक्त भएर हातहतियारमा लगानी गर्ने स्रोतसाधन कम विकसित र विकासोन्मुख राष्ट्रको हितमा प्रयोग गर्नुपर्ने कुरा सशक्त रूपमा उठाएको जानकारी दिनु भएको छ ।


तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन – माधव नेपाल

तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन – माधव नेपाल

वि.सं.२०७९ मंसिर १३ मंगलवार ११:०२

काठमाडौं, १३ मंसिर।  नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले तत्काल...

स्वतन्त्र पार्टीमाथि ओलीको कटाक्ष : अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?

स्वतन्त्र पार्टीमाथि ओलीको कटाक्ष : अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:५६

काठमाडौं, १३ मंसिर । एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र...

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:५३

काठमाडौं, १३ मंसिर।  प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ...

थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु  उचित होइन –अध्यक्ष ओली

थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु  उचित होइन –अध्यक्ष ओली

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:१९

काठमाडौं, १३ मंसिर।  एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापाथलीका सुकुम्वासीमाथि बल...

स्याङ्जा र बाजुराकाे मतगणनाकाे माग गर्दै कांग्रेसले गरायो आयोगको ध्यानाकर्षण

स्याङ्जा र बाजुराकाे मतगणनाकाे माग गर्दै कांग्रेसले गरायो आयोगको ध्यानाकर्षण

वि.सं.२०७९ मंसिर १३ मंगलवार ०९:२४

काठमाडौं, १३ मंसिर ।  नेपाली कांग्रेसले रोकिएको स्याङ्जा र बाजुराको...

उठिवासको त्रासमा थापाथली : रातभर जाग्राम, दिनभर धर्नामा

उठिवासको त्रासमा थापाथली : रातभर जाग्राम, दिनभर धर्नामा

वि.सं.२०७९ मंसिर १३ मंगलवार ०९:१६

काठमाडौं, १३ मंसिर ।  सोमबार दिउँसो काठमाडौं महानगरेको टोली डोजरसहित...