back

नयाँ पुस्तामा हस्तान्तरण गर्ने वातावरण सिर्जना गर्न सरकार अग्रसर रहेको छ –प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौं । असोज १५ गते
आज ३१औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस अवसरमा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकलाई अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्वहरु भन्दै राज्यले उनीहरुको सम्मानमा कुनै कमी आउन नदिने बताउनु भएको छ ।

हरेक वर्ष अक्टोबर १ मा ज्येष्ठ नागरिक दिवस मनाउने गरिन्छ । ज्येष्ठ नागरिकहरुलाई आफ्नै सन्तानबाट समेत हेला नहुने वातावरण बनाउन भने राज्य अहिले पनि चुकिरहेको छ ।यस अवसरमा नेपालमा पनि विविध कार्यक्रमहरु आयोजना हुदैछन् ।

सरकारले यस वर्षको ज्येष्ठ नागरिक दिवसको नारा ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ भन्ने तय गरेको छ ।ज्येष्ठ नागरिकहरुको ज्ञान, सीप र अनुभवलाई मुलुकको सामाजिक–आर्थिक रुपान्तरण एवं विकासका लागि परिचालन गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने वातावरण सिर्जना गर्न सरकार अग्रसर रहेको उहाँले उल्लेख गर्नुभएको छ ।

नेपालमा २०५१ सालमा मासिक १ सय रुपैयाँ वृद्धभत्ता दिन शुरु गरिएकोमा अहिले उक्त भत्ता मासिक चार हजार रुपियाँ पु¥याइएको छ । त्यस्तै ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ भने सोको आधारमा सार्वजनिक यातायातमा ५० प्रतिशत छुट दिने व्यवस्था छ ।


तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन – माधव नेपाल

तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन – माधव नेपाल

वि.सं.२०७९ मंसिर १३ मंगलवार ११:०२

काठमाडौं, १३ मंसिर।  नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले तत्काल...

स्वतन्त्र पार्टीमाथि ओलीको कटाक्ष : अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?

स्वतन्त्र पार्टीमाथि ओलीको कटाक्ष : अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:५६

काठमाडौं, १३ मंसिर । एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र...

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:५३

काठमाडौं, १३ मंसिर।  प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ...

थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु  उचित होइन –अध्यक्ष ओली

थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु  उचित होइन –अध्यक्ष ओली

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:१९

काठमाडौं, १३ मंसिर।  एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापाथलीका सुकुम्वासीमाथि बल...

स्याङ्जा र बाजुराकाे मतगणनाकाे माग गर्दै कांग्रेसले गरायो आयोगको ध्यानाकर्षण

स्याङ्जा र बाजुराकाे मतगणनाकाे माग गर्दै कांग्रेसले गरायो आयोगको ध्यानाकर्षण

वि.सं.२०७९ मंसिर १३ मंगलवार ०९:२४

काठमाडौं, १३ मंसिर ।  नेपाली कांग्रेसले रोकिएको स्याङ्जा र बाजुराको...

उठिवासको त्रासमा थापाथली : रातभर जाग्राम, दिनभर धर्नामा

उठिवासको त्रासमा थापाथली : रातभर जाग्राम, दिनभर धर्नामा

वि.सं.२०७९ मंसिर १३ मंगलवार ०९:१६

काठमाडौं, १३ मंसिर ।  सोमबार दिउँसो काठमाडौं महानगरेको टोली डोजरसहित...