नेतृत्वले मन टुटेका र नागरिकको बिचमा गएर संवाद गर्न सक्ने नेतृत्व आवश्यक छ –गगन थापा

वि.सं.२०७८ असोज १६ शनिवार

काठमाडौं । असोज १६ गते
नेतृत्वले मन टुटेका र नागरिकको बिचमा गएर संवाद गर्न सक्ने नेतृत्व आवश्यक भएको नेपाली कांग्रेसका नेता गगन थापाले बताउनु भएको छ । आज नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरको अधिवेशन उद्घाटन गर्दै उहाँले कांग्रेसले जनतामा आशा र भरोसा दिलाउन नसकेको बताउनु भएको छ ।
कांग्रेस अहिलेको यथास्थितीबादले जनताको विश्वास जित्न नसक्ने उहाँको भनाई छ । नेता थापाले कांग्रेसभित्र सुद्धिकरण आवश्यक भएको र तहगत अधिवेशनले कांग्रेस सुधार गर्न भुमिका खेल्नुपर्नेमा थापाको जोड दिनु भएको छ ।
नेता थापाले आउँदो तीन तहको निर्वाचनबाट कांग्रेस पहिलो पार्टी बनाउनुपर्नेमा जोड दिनु भएको छ । सम्पूर्ण कम्युनिष्ट र मधेशवादी दलहरु मिले पनि कांग्रेस पहिलो पार्टी बन्ने गरि काम गर्न उहाँले आग्रह गर्नु भएको छ ।
प्रकाशित समय : ०८:११ बजे