चीन र रुसको अमेरिकी राष्ट्रपति जो बाइडनद्वारा आलोचना

वि.सं.२०७८ कात्तिक १७ बुधवार

काठमाडौं । कार्तिक १७ गते
चीन र रुसको अमेरिकी राष्ट्रपति जो बाइडनले आलोचना गरेका छन् । कोप २६ जलवायु सम्मेलनमा चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्र भ्लादमिर पुटिन अनुपस्थित भएकोमा बाइडनले आलोचना गरेका हुन् ।
मंगलबार रातिको एक मनतव्यमा राष्ट्रपति बाइडनले जलवायु ‘एक विशाल मुद्दा’ भएको र यसबाट चीन भागेको र यही कुरा रुस र पुटिनको सन्दर्भमा पनि मिल्ने बताए । चीन र रुसका राष्ट्रपति सहभागी नभए पनि १४ नोभेम्बरसम्म दुई हप्ता चल्ने सम्मेलनमा दुवै देशले प्रतिनिधिहरू पठाएका छन् ।
प्रकाशित समय : ०२:४२ बजे