शनिबार नर्भिक अस्पतालमा पेट,आन्द्रा,कलेजो बिरामिलाई निःशुल्क सेवा

वि.सं.२०७८ मंसिर २४ शुक्रवार

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले भोलि शनिबार पेट, आन्द्रा तथा कलेजोसँग सम्बन्धित रोगीलाई निःशुल्क ओपिडी सेवा दिने भएको छ ।
अस्पतालमा कार्यरत ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. सीताराम चौधरीले शनिबार निःशुल्क ओपीडी सेवा दिने भएका हुन् । नर्भिक अस्पतालले केही महिनादेखि हरेक शनिबार निःशुल्क ओपीडी सेवा सञ्चालन गरिरहेको छ ।
निःशुल्क ओपीडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने अस्पतालले जनाएको छ। शनिबार बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म सेवा दिइनेछ ।
प्रकाशित समय : ०८:११ बजे